कोमल हेरचाह, ठूलो प्रभाव : प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाको सामाजिक पहल
काठमाडौं । उपभोग्य वस्तुहरूको उत्पादनमा अग्रणी नाम मारिकोले भर्जिन नरिवलको तेलको गुणले भरिपूर्ण कोमल र पोषणकारी शिशु स्याहारका उत्पादनहरूको समर्पित लाइन प्यारासुट एडभान्स्ड बेबीसँगै आफ्नो उत्पादन रेन्ज विस्तारको सगर्व घोषणा गरेको छ। यो नयाँ रेन्ज सुरुवातको अवसरमा प्यारासुट एडभान्स्ड बेबीले काठमाडौं उपत्यकाका नवजात शिशुहरूको कल्याणमा सहयोग गर्न प्रख्यात सामाजिक पहल एक एक पाइलासँग साझेदारी गरेको छ।
यस सहकार्य मार्फत् प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाले अत्याधिक खाँचोमा परेका कमजोर पृष्ठभूमीका शिशुहरूलाई आवश्यक शिशु स्याहार उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेका छन्। यस क्रममा नेपालभरका विभिन्न संस्थाहरूमा नवजात शिशुका लागि पाउडर, साबुन र मसाज तेल सम्मिलित कुल एक हजार बेबी केयर किटहरू वितरण गरिनेछ।“हरेक बच्चालाई स्वस्थ जीवनको सुरुवात गर्ने हक छ”, एक एक पाइलाका व्यवस्थापक, अशोक पाण्डेले भन्नुभयो। प्यारासुट एडभान्स्ड बेबीसँगको यो पहल मार्फत् नै हामी नवजात शिशुहरूलाई आवश्यक केयर प्रदान गर्यौँ। यसले नेपालभर बाल स्वास्थ्य र कल्याणका क्षेत्रमा सुधार गर्ने हाम्रो प्रतिबद्धतालाई पनि सुदृढ गर्दैछ।”
विशेष गरी नवजात शिशुहरूका लागि डिजाइन गरिएको प्यारासुट एडभान्स्ड बेबीको नयाँ उत्पादन रेन्जमा नरिशिंग क्रीम, टियर-फ्री स्याम्पु, मसाज तेल र रिफ्रेसिङ पाउडर रहेका छन्। प्रत्येक उत्पादन भर्जिन नरिवलको तेलले भरिएको छ र बच्चाहरूको संवेदनशील छालाको लागि व्यापक स्याहार प्रदान गर्न तयार गरिएको छस् नरिशिंग क्रीमले रातोपन र दागहरूबाट जोगाउन चौबिसै घण्टा मोइस्चराइजेसन प्रदान गर्छ, टियर-फ्री श्याम्पूले कपाल बिस्तारै कपाल सफा र कण्डिसन गर्छ, भिटामिन ई र एफले समृद्ध मसाज तेलले शरीरको स्वस्थ वृद्धि विकासलाई बढावा दिन्छ र रिफ्रेशिंग पाउडरले जलन-मुक्त आरामका लागि अतिरिक्त मोइस्चर अवशोषित गर्छ ।
प्यारासुट एडभान्स्ड बेबी नवजात शिशुहरूको नाजुक छालाको स्याहार गर्न र उनीहरूलाई समग्र कल्याण प्रदान गर्न समर्पित छ। एक एक पाइलासँगको मोर्चामा सामेल भएर मारिकोले नेपालका असंख्य शिशुहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ। सँगै, हामी एउटा यस्तो भविष्यको परिकल्पना गर्दैछौँ जहाँ हरेक बच्चाले स्वस्थ र खुसी जीवनको सुरुवात गर्नेछ ।
सम्बन्धित समाचार
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

