सहकारी ठगी प्रकणमा रवि लामिछानेले जिबी-छविले भन्दा बढी अपराध गरेको कांग्रेस नेता खतिवडाको आरोप
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा जिबी राई र छविलाल जोशीले भन्दा बढी अपराध रवि लामिछानेले गरेको दाबी गरेका छन् । आज ९सोमबार० नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा दोषी देखिएका सबैमाथि कारबाही हुने बताए । उनले कानुन सबैका लागि लागू हुने बताउँदै कोहीमाथि प्रतिशोध र रिसिइबी नराखी कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।
‘हामी बर्बराएर हिँड्दैनौं पनि । तर, त्यही केशमा जिबी राईलाई कानुन लाग्ने, छविलाल जोशीलाई कानुन लाग्ने, त्यो भन्दा बढी अपराध गर्ने मान्छे चाहीँ कराउँदै हिड्ने रु कानुनअनुसार हुन्छ यो । मेरो इच्छाले कारबाही गर्न चाहेर पनि हुँदैन । उहाँको इच्छाले कारबाही गर्न नचाहेर पनि हुँदैन । कानुनले जे भन्छ, त्यही हुन्छ,’– उनले भने, ‘विदेश जाउ तीँ ठगेको छ, नेपाल आउँ यहीँ ठगेको छ । नागरिकता, पासपोर्ट दुई वटा प्रयोग गरेको छ । जाली सबैभन्दा बढी जनतालाई उसैले गर्छ । यो प्रवृत्तिले मुलुक बन्दैन ।’
साथै, प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि अपराधीलाई जोगाउनुपर्छ भन्ने पक्षमा नरहेको उनले बताए । आफूहरुले कसैलाई व्यक्तिगत रुपमा आरोप लगाउने भन्दा पनि कानुनअनुसार सबैलाई कारबाही गरिने बताए ।
‘अपराधीलाई जोगाएर प्रधानमन्त्रीलाई केही फाइदा हुँदैन । कसैलाई फसाउने काम त गर्नै हुँदैन । त्यसैले हामी कसैले व्यक्तिगत रुपमा यो र त्यो भन्न चाहँदैनौं । कानुनअनुसार सबैलाई कारबाही हुन्छ,’– उनले भने ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

