सहकारी ठगी प्रकणमा रवि लामिछानेले जिबी-छविले भन्दा बढी अपराध गरेको कांग्रेस नेता खतिवडाको आरोप
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा जिबी राई र छविलाल जोशीले भन्दा बढी अपराध रवि लामिछानेले गरेको दाबी गरेका छन् । आज ९सोमबार० नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा दोषी देखिएका सबैमाथि कारबाही हुने बताए । उनले कानुन सबैका लागि लागू हुने बताउँदै कोहीमाथि प्रतिशोध र रिसिइबी नराखी कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।
‘हामी बर्बराएर हिँड्दैनौं पनि । तर, त्यही केशमा जिबी राईलाई कानुन लाग्ने, छविलाल जोशीलाई कानुन लाग्ने, त्यो भन्दा बढी अपराध गर्ने मान्छे चाहीँ कराउँदै हिड्ने रु कानुनअनुसार हुन्छ यो । मेरो इच्छाले कारबाही गर्न चाहेर पनि हुँदैन । उहाँको इच्छाले कारबाही गर्न नचाहेर पनि हुँदैन । कानुनले जे भन्छ, त्यही हुन्छ,’– उनले भने, ‘विदेश जाउ तीँ ठगेको छ, नेपाल आउँ यहीँ ठगेको छ । नागरिकता, पासपोर्ट दुई वटा प्रयोग गरेको छ । जाली सबैभन्दा बढी जनतालाई उसैले गर्छ । यो प्रवृत्तिले मुलुक बन्दैन ।’
साथै, प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि अपराधीलाई जोगाउनुपर्छ भन्ने पक्षमा नरहेको उनले बताए । आफूहरुले कसैलाई व्यक्तिगत रुपमा आरोप लगाउने भन्दा पनि कानुनअनुसार सबैलाई कारबाही गरिने बताए ।
‘अपराधीलाई जोगाएर प्रधानमन्त्रीलाई केही फाइदा हुँदैन । कसैलाई फसाउने काम त गर्नै हुँदैन । त्यसैले हामी कसैले व्यक्तिगत रुपमा यो र त्यो भन्न चाहँदैनौं । कानुनअनुसार सबैलाई कारबाही हुन्छ,’– उनले भने ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
