Jankari Kendra
२६ भाद्र २०८३, शुक्रबार
Worldlink

रवि लामिछानेलाई आज फेरि अदालत लगिँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, कार्तिक, २५
रवि लामिछानेलाई आज फेरि अदालत लगिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की प्रहरीले आज फेरि अदालतमा उपस्थित गराउने तयारी रहेको छ । उनीविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएको हो ।प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो। उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ ।

यसैबीच, आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ। रास्वपाले बिहान १० बजे पोखराको जिरोमा समर्थकहरूलाई भेला हुन भनेको छ। त्यहाँबाट वाइचोकमा पुगेर सभा आयोजना गर्ने तयारी रहेको बताइएको छ।

Top Changing Nepal

युट्युब सट्स