• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, साउन २५, २०८२
शनिबार, साउन २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

सिटिजन्स बैंकले १ अर्ब २९ करोड नाफा कमायो, लाभांश दिने क्षमता बढ्यो

चीनले बनायो मस्तिष्क जस्तै काम गर्ने अत्याधुनिक कम्प्युटर

३ गुणा बढ्यो सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा

अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?

यी चिया बिहान बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान

आजको मौसमः देशभर मनसुनको प्रभाव कायमै रहने

एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

२०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन २१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

  • ६. बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

  • ७. २०८२ श्रावण २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ त यो खानी ?

  • ९. चिनियाँ बैज्ञानिकको दावी, ‘पृथ्वीको कयौं किलोमिटर मुनी पनि जीवहरू बाँचिरहेका छन्’

  • १०. गोगोरो स्कुटर अब झनै मुल्यवान : नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

बालेन भन्छन्- फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति गर्ने समय सकिएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले अदालतको आदेशपछि फोहोरमा भइरहेको एक खालको अवरोध पाखा लागेको बताएका हुन् ।

बालेनले काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा लगातार प्रयास गरेको भएपनि सधै अवरोध भइरहेको भन्दै महानगरले भारतको इन्दोरमा रहेको फोहोर व्यवस्थापनको मोडल अनुसार काम गर्ने स्पष्ट गरेका छन् ।

साथै बालेनले काठमाडौँको फोहोरको दिगो व्यवस्थापन सम्भव भएको भन्दै राजनीतिक दाउपेच छोडेर महानगरलाई साथ दिन अपिल समेत गरेका छन् ।

बालेनले भनेका छन्- 

हामीले चुनाव पहिले काठमाण्डौको फोहोरसम्बन्धि धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ । निर्वाचित भए पछि त्यहि अनुसार हामीले धेरै विकल्पहरू हेर्यौँ । धेरै देशको व्यवस्थापन हेर्यौँ । पुराना, नयाँ प्रविधि हेर्यौँ ।

नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ । हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो । तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ । त्यहाँका असफलता नि हेर्यौँ । त्यसलाई सुधारेर पाएको सफलता पनि थाहा पायौँ ।

फोहोरका किसिम होस् या समाजको फोहोर व्यवस्थापनको सोच होस्, अथवा विगतमा पाएको फोहोरको समस्या होस्, इन्दोर धेरै कुरामा हाम्रो लागि उपयुक्त नमूना थियो । हामीले इन्दोरको मोडल नेपालमा स्थापना गर्न त्यहाँका विज्ञहरूसँग विगत एकबर्षदेखि परामर्शदाताकारूपमा निकट भएर काम गरिरहेका छौँ । केहि पहिले प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँ उता गएर हामीले पनि यस्तै गर्न सकिने रैछ भन्नु भएको थियो । अनि काठमाण्डौ बाहेक धेरै नगरपालिकाहरू पनि त्यो मोडल हेरेर चित्त बुझेर त्यो मोडलमा काम गर्न खोज्दै हुनुहुन्छ । तर कसरी जम्मा गर्ने, कसरी व्यवस्थापन गर्ने उपयुक्त कार्यविधि र कानून नै थिएन ।

हामीले कानून बनायौँ । अनि त्यस्को कार्यान्वयनको तिर लाग्यौँ । तर विभिन्न किसिमका अवरोधहरू सिर्जना गरिदिने काम भइरह्यो । त्यहि पनि हामीले केहि वडाबाट पाइलट प्रोजेक्ट शुरू गर्यौँ । फोहोरलाई वर्गीकरण गर्ने त्यो वडाहरूमा सफलतापुर्वक काम हुँदैछ भने अर्गानिकलाई मल बनाउने काम पनि हुदैछ । हामीले सहि र दिगो समाधान गर्नका लागि वैधानिक मापदण्ड अनुसार टेन्डर गरेका थियौँ ।

तर त्यसमा नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा दर्ता गर्न पुग्यो । त्यो कम्पनीले काठमाण्डौको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना गरिरहेको पहिलो पटक थिएन । राज्यको सबै स्रोत साधन प्रयोग गरेर गरैकानुनि रुपमा अर्बौ कमाउने उक्त कम्पनी को स्वार्थ सधै हाबी रहयो ,यति सम्मकि प्रचण्ड प्रधानमन्त्री हुदा चिन जादा समेत उक्त कम्पनी बारे चर्चा भएको थियो ।

एक पटक त्यहि कम्पनीको सौजन्यमा बसेको बैठकले अघिल्लो बैठकमा उसलाई नदिने निर्णय भए पनि त्यहि कम्पनीको सौजन्यमा उपत्यका मेयर्स फोरमको बैठक बसेको थियो । मैले त्यसको सार्वजनिक असहमति प्रकट गर्दै मैले १ नोभेम्बर २०२३ मा लेखेको थिएँ, ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिकार गरेको हो, कसैको अपमान गरेको होईन । नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।’

उक्त कम्पनी र छिमेकी नगरपालिकाहरूको असहयोगसँगै काठमाण्डौको फोहोर व्यवस्थापनले भोगिरहेको अर्को समस्या हो, संघीय सरकारको हस्तक्षेप । संघीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो । हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो ।

संघीय सरकार र छिमेकी नगरपालिकाले उक्त कम्पनीकोलाई नै फोहोरको जिम्मा दिएर काठमाण्डौको फोहोरमा एकाधिकार लाद्ने र कहिलै दिगो समाधान नहुने बाटोमा लागे पनि हामी त्यसलाई वैधानिकरूपमा नै तोड्न क्रियाशील छौँ ।

यसैले हामीले सहि र दिगो समाधान गर्नका लागि वैधानिक मापदण्ड अनुसार टेन्डर गरेका थियौँ । त्यसमा नेपवेस्टमार्फत मुद्दा हालियो । तर, सम्मानित अदालतले यो अधिकार काठमाण्डौ महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाण्डौको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ । फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौँ । अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन् । तर हामी रोकिने छैनौँ । फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको पुन: जानकारी गराउँछौँ । यसैले सबै किसिमका दाउपेच छोडेर, राजनीतिक पुर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह गर्दछौँ ।

हामी स्पष्ट छौँ, काठमाण्डौको फोहोरको दिगो समाधान सम्भव छ । यो काठमाण्डौबासीको अधिकारको कुरा हो । हामीले फोहोर थुपारेर बर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरे डाँडा लगायत स्थानका पिडितहरूको न्यायको कुरा हो । यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको बिषय हो । हामी समस्या समाधानको बाटोमै छौ अबरोध अझै आउन सक्छन तर यसमा रत्तिभर पनि सम्झौता नगरी अगाडी बदनेछौ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चीनले बनायो मस्तिष्क जस्तै काम गर्ने अत्याधुनिक कम्प्युटर
    अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?
    यी चिया बिहान बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान

    लोकप्रिय

    २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन २१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

    ताजा

    २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सिटिजन्स बैंकले १ अर्ब २९ करोड नाफा कमायो, लाभांश दिने क्षमता बढ्यो

    चीनले बनायो मस्तिष्क जस्तै काम गर्ने अत्याधुनिक कम्प्युटर

    ३ गुणा बढ्यो सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • सिटिजन्स बैंकले १ अर्ब २९ करोड नाफा कमायो, लाभांश दिने क्षमता बढ्यो
    • चीनले बनायो मस्तिष्क जस्तै काम गर्ने अत्याधुनिक कम्प्युटर
    • ३ गुणा बढ्यो सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा
    • अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.