चाङगन नेभो इ ०७ ईलेक्ट्रिक एसयुभि कार पिकअप फंक्सन सहित भित्राउने तयारि
मौसम गौतम / काठमाडौँ । एम ए डब्लु बृद्धि अटोकर्पले नेपाली बजारमा पिक अप फंक्सन भएको चाङगन नेभो इ ०७ ईलेक्ट्रिक एस यु भि कार भित्राउने तयारी गरिरहेको छ ।
यस गाडिको स्पेसिफिकेसन सम्बन्धि कुरा गर्दा यसमा २५२ किलोवाटको पि.एम.एस.एमको इन्जिन रहने छ । त्यस्तै गरि डिमेन्सन भने ५०४५ एमएमको लम्बाई १९९६ एमएमको चौडाई र १६४० एमएमको उचाई रहने छ । यस कारको ह्विलवेस ३१२० एमएम, म्याक्स पावर ३४२.६ पि.एस र म्याक्स टर्क एन/ए रहने कम्पनिले बताएको छ । आर डब्लु डि ड्राईभ टाईप पाउन सकिने यस चाङगन नेभो इ ०७ ईलेक्ट्रिक कारको टप स्पिड प्रति घण्टा १८० किलोमिटर रहेको छ ।
कारको ब्याट्रि क्यापासिटि ७० देखि ९० किलोवाट टर्नरी रहेको साथै यस कारले ५५१ किलोमिटर देखि ६५१ किलोमिटर सम्म रेन्ज दिने कम्पनिले जनाएको छ । २० इन्चको टायर साईज रहेको यस कारको ग्राउन्ड क्लियरेन्स म्याक्स २०७ एमएम रहने कम्पनिले जनाएको छ । कारमा एडजस्टेबल एयर सस्पेन्सन जडान गरिएको हुनेछ ।
५ सिटर क्यापासिटि रहने यस कारमा सेफ्टि सिस्टमको कुरा गर्दा लेबल २ प्लस एटोनोमस ड्राईभिङ, मल्टिपल एयरब्याग्स, एडेप्टेबल क्रुज कन्ट्रोल, लेन किपिङ, असिस्ट,कलिसियन वारनिङ आदि रहने छ । यस चाङगन नेभो इ ०७ ईलेक्ट्रिक एस यु भि कार कालो,सेतो,निलो र ग्रे कलरमा उपलब्ध रहनेछ भने कारको स्टोरेज क्यापासिटि ५०० लिटर साथै तौल २३२५ केजि रहने कम्पनिले बताएको छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल