पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
काठमाडौँ । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार आफ्नो पुर्व क्लब सान्तोस फर्किने भएका छन् । ब्राजिलका खेल पत्रकार सिएल मेर्लोले नेइमार र क्लब सान्तोससँग सहमति भइसकेको दाबि गर्दै अब अल हिलालसँग नेइमारको सम्झौता रद्ध गर्ने प्रक्रिया शुरु भएको दाबि गरेका छन् । मेर्लो ब्राजिलका फुटबलरको ट्रान्सफर सम्बन्धि रिपोर्ट गर्ने भरपर्दो पत्रकार मानिन्छन् ।
करिब एक बर्षको इन्जुरीपछि खेलमा फर्किएका नेइमार फेरी घाइते भएपछि अल हिलालले उनलाई किनारा गरेको थियो । अब अल हिलालले नेइमारसँगको सम्झौता जनवरीमा रद्ध गर्ने विभिन्न रिपोर्टमा दाबि गरिएको छ । अल हिलालका लागि कुल ७ खेल खेलेका नेइमारले साउदी लिगमा भने केवल ३ खेल खेलेका छन् ।
अल हिलालले २०२३ मा नेइमारलाई फ्रेन्च क्लब पिएसजीबाट ९० मिलियन युरो तिरेर भित्र्याएको थियो । अल हिलालले नेइमारलाई बार्षिक करिब सय मिलियन युरो पारिश्रमिक दिने गर्दछ । नेइमार खेल्न नसक्ने भएपछि अल हिलालले आफ्नो ठुलो आर्थिक दायित्वबाट बच्न सम्झौता रद्द गर्ने प्रक्रियामा अगाडी बढेको बताइएको छ ।
सान्तोसले नेइमारसँगको सम्झौता ब्राजिलको सिरी बी का खेल सकिएपछि घोषणा गर्ने दाबि गरिएको छ । सिरी बी मा शिर्ष स्थानमा रहेको सान्तोसले आफ्नो यस सिजनको अन्तिम खेल नोभेम्बर २५ मा खेल्दै छ । गत सिजनमा सिरी बी मा रेलिगेट भएको सान्तोस यस सिजनमा भने सिरी ए मा बढुवा हुने निश्चित रहेको छ ।
नेइमारले २००९ मा सान्तोसका लागि डेभ्यु गरेका थिए । २०१३ मा बार्सिलोना जानु अघि नेइमारले सान्तोसका लागि २२५ खेलमा १३६ गोल गरेका थिए । सो अवधिमा नेइमारले सान्तोसमा तीन सिजन सिरी ए को उपाधि जितेका थिए भने एक सिजन उपविजेता बनेका थिए । त्यस्तै एक सिजन कोपा ब्राजिल र २०११ मा कोपा लिबरटाडोरेज जितेका थिए ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

