तीन महिनामा चार खर्ब सात अर्ब ३१ करोड रेमिट्यान्स भित्रियो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ पहिलो तीन महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ११.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ । अघिल्लो बर्षको सोहि अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको हो ।
गत असोज मसान्तसम्ममा खुद ‘ट्रान्सफर’ चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब चार अर्ब सात करोडमा सीमित थियो ।
असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार ९३९ रहेको राष्ट्रबैंकले जनाएको छ । अघिल्लो बर्षको सोहि अवधिमा श्रम स्वीकृति लिनेको संख्या एक लाख १३ हजार ३९७ थियो भने पुन: श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको थियो ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

