सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुदाँ १४ जना घाइते
धनगढी । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै सु प प्र ०१ ००१ ज १५०७ न. जीप बाबियाचौरको देउराली नजिकै दुर्घटना हुदाँ १४ जना घाइते भएका हुन्।
घाइते हुनेमा कैलाली जिल्ला जानकी गाउँपालिका-९ को दीपबहादुर शाही, पञ्चपुरी नगरपालिकाका सुर्खेतका पार्वती घर्ती मगर, वर्षा सुनार, शिवराज सुनार, नरबहादुर देउवा रहेका छन्।
यस्तै पञ्चपुरी नगरपालिका-२ का भावना रोकाय, दैलेख जिल्ला दुल्लु नगरपालिका-३ का प्रकाश महत, कैलाली जिल्ला घोडाघोडी नगरपालिका-७ का खगेन्द्र कँडेल, घोडाघोडी नगरपालिका-७ कै सन्तोष धामी र उनकी श्रीमती सरस्वती धामी, डडेलधुरा जिल्ला परशुराम नगरपालिका गणेशप्रसाद जैसी रहेका छन्।
कैलालीको लम्कीचुहा नगरपालिका-८ का सृष्टि घिमिरे, सोही ठाउँकै टिका घिमिरे र गाडीचालक कैलाली जिल्ला जानकी गाउँपालिका-९ का केशव खड्का घाइते भएको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ। घाइतेमध्ये दीपक बहादुर शाही र पार्वती घर्ती मगरलाई थप उपचारका लागि कैलाली रिफर गरिएको छ भने अन्यलाई सामान्य उपचारपछि घर पठाइएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
