आईपीएल अक्सन : १३ वर्षमै करोडपति बने वैभव सूर्यवंशी!
एजेन्सी । १३ वर्षीय वैभव सूर्यवंशी साउदी अरबको जेद्दामा भएको अक्सनमा १ करोड १० लाख रुपैयाँमा बिकेका छन् । राजस्थान रोयल्सले उनलाई उक्त रकममा लिलामीमा खरिद गरेको हो ।
बोलकबोल ३० लाखबाट सुरु भई १ करोड १० लाखमा पुगेर टुंगिएको थियो । वैभवका लागि राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा भएको थियो । योसँगै, वैभव आईपीएल इतिहासकै कान्छो खेलाडी बन्ने भएका छन् । वैभव भारतको बी यु-१९ टोलीका सदस्य हुन् ।
बिहारका यी प्रतिभाशाली खेलाडीले १२ वर्षकै उमेरमा मुम्बईविरुद्ध डेब्यु गर्दै सबैको ध्यान तानेका थिए । फस्ट क्लास क्रिकेटमा उनले कम उमेरमा डेब्यु गर्ने पूर्व क्रिकेटर सचिन तेन्दुलकर र युवराज सिंहलाई पनि पछि पारेका छन् ।
सचिन र युवराजले १५ वर्षपछि मात्रै फस्ट क्लास क्रिकेट खेल्न सुरु गरेका थिए । वैभवले यु-१९ टेस्टमा छिटो सतक बनाउने कीर्तिमान पनि बनाएका छन् । गत अक्टोबरमा चेन्नईको चिदम्बरम रंगशालामा अष्ट्रेलियाविरुद्ध उनले ५८ बलमा १४ चौकासहित १०४ रन बनाएका थिए ।
उनले यस क्रममा इंग्ल्यान्डका मोइन अलीको ५६ बलमा सतक बनाउने कीर्तिमान तोड्न दुई बलले मात्र चुकेका थिए । बाँया हाते ब्याटर वैभव वेस्ट इन्डिजका महान खेलाडी ब्रायन लारालाई आफ्नो प्रेरणाका स्रोत मान्छन् ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

