उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय
जानकारी केन्द्र
२०८१, मंसिर, १२
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तत्काल उद्योगहरूको बिजुली नकाट्ने भएको छ। बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको हो।
विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न निर्देशन दिएपछी बोर्डले यस्तो निर्णय गरेको बताइएको छ।बोर्डले गरेको उक्त निर्णयप्रति दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका थिए।
नियमन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने राय दिएको छ।
एक महिनाअघि प्राधिकरणले उद्योगहरूले बक्यौता नतिरेको भन्दै बिजुली काटिदिएको थियो।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

