मलेसियामा औपचारिक रुपमा डोङफेङ बक्स ईभी लन्च
काठमाडौँ । मलेसियामा औपचारिक रुपमा डोङफेङ बक्स ईभी लन्च भएको छ । सन् २०२२ देखि इलेक्ट्रिक कमर्सियल भ्यान ईसी ३५ उपलब्ध भएको भए पनि सामान्य ग्राहकका लागि भने पहिलो ईभीको रुपमा यो गाडी हाल उपलब्ध भएको हो ।
डोङफेङ बक्स ई २ र ई ३ गरी दुई भेरिएन्टमा उपलब्ध हुने सो गाडीको मूल्य १ लाख ७ सय र १ लाख १३ हजार ७ सय आरएम छ । त्यसैगरी ह्वाइट अप्सनको मूल्य भने १ लाख १५ हजार ७ सय आरएम छ । डोङफेङ बक्स ईभीलाई नामी ०१ ईभी पनि भनिन्छ, जुन नेपाली बजारमा समेत उपलब्ध छ । नेपाली बजारमा नामी ई १, ई २ र ई ३ गरी तीन भेरिएन्टमा यो गाडी उपलब्ध छ ।
ई२ र ई ३ भेरिएन्टमा रहेको मुख्य फरक भनेको यसको ब्याट्री प्याक हो । ई २ मा ३१.४५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले ३३० किलोमिटरको सीएलटीसी रेन्ज दिन्छ । त्यसैगरी ई ३ मा ४२.३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटरको सीएलटीसी रेन्ज दिन्छ । दुवै भर्सनको डोङफेङ बक्स गाडीमा ७० किलोवाटको इलेक्ट्रिक मोटर रहेको छ, जसले १६० एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पिड १४० किलोमिटर प्रतिघण्टा छ ।
यी दुई भर्सनमा भएको अर्को फरक भनेको यसको चार्जिङ क्षमता हो । ई ३ को माथिल्लो भेरिएन्टमा स्ट्यान्डर्ड ६.६ किलोवाटको एसी अनबोर्ड चार्जर र तल्लो भेरिएन्टमा ३।३ किलोवाटको चार्जर उपलब्ध हुन्छ । डीसी चार्जिङ स्पिडमा पनि केही फरक छ । दुवै भेरिएन्टलाई ३० मिनेटमा ३० प्रतिशत देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिने कम्पनीले दावी गरेको छ । त्यसैगरी ई ३ मा लेवल २ अटोनोमस ड्राइभिङ सहितको एडास फिचर छ भने ई २ मा एडेप्टिभ क्रुज कन्ट्रोल रहेको छ ।
दुवै भेरिएन्टमा अटोमेटिक पार्किङ, १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट स्क्रिन, दुई एयरब्याग, वायरलेस फोन चार्जर लगायतका विशेषता रहेका छन् ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

