काठमाडौँ । जुम्मभ मोटरसाईलको आधिकारिक बितरक टर्बो मोटर्सले जुम्मभ ०८ २५० बाईक लन्च गरेको छ । यो बाईक अफ–रोडको लागि बढि महत्वपुर्ण रहेको छ । केहि समय अघि मात्रै भित्राईएको यस बाईक ग्राहकहरुको अत्यधिक रोजाईमा पर्न सफल भएको छ ।
यस र्बाककको स्फेसिफिकेसन सम्बन्धि कुरा गर्नुपर्दा बाईकको ईन्जिन टाईप सिङगल सिलेन्डर, ४ ट्रोक, ४ भल्भ, लिक्विड–कोल्ड आदि रहेको छ भने सेल्फ र किक स्टाटिङबाट बाईक स्टाट गर्न सकिने छ । ३२० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिने यस बाईको म्याक्स पावर २५.८ पिएस का साथै ९००० आरपिएम र म्याक्स टर्क २२.५ एनएमका साथै ७००० आरपिएम रहेको छ । कम्पनिका अनुसार यस बाईकमा डिस्प्लेसमेन्ड २४९.६ सिसि पाउन सकिन कम्पनिले बताएको छ । बाईकको गियर बक्स ६ स्पिड,तुलनात्मक अनुपात ११.६ः१ र टप स्पिड एन/ए रहेको जनाइएको छ ।
जुम्मभ ०८ २५० बाईकको टायर सम्बन्धि कुरा गर्नुपर्दा अगाडिको टायर ८०/१००–२१ रहेको छ भने पछाडिको टायरक १२०/१००–१८ रहेको र यसमा डुअल डिस्कको बे्रकिङ्ग सिस्टम रहेको छ । त्यसै गरि ९४० एमएमको सिट हाईट यसमा पाउन सकिने छ । ८ लिटरको फ्युल क्यापासिटि रहेको यस बाईकमा सस्पेन्सन सेटअप भने एडजस्टेबल, स्प्रिङ प्रि–लोड सक, एडजस्टेबल रिबाउन्ड, स्प्रिङ पिरियड, कम्पेरिजन डयाम्पिङ, इन्भिटेड फर्क आदि पाउन सकिने छ ।
११८ केजि तौलमा उपलब्ध यस जुम्मभ ०८ २५० बाईकको मुल्य रु.७.९९ लाख देखि रु ८.४० लाख रहेको कम्पनिले बताएको छ ।