नेपालको अफ–रोडलाई लक्षित गर्दै टर्बो मोटर्सले ल्यायो जुम्मभ ०८ २५० बाईक
काठमाडौँ । जुम्मभ मोटरसाईलको आधिकारिक बितरक टर्बो मोटर्सले जुम्मभ ०८ २५० बाईक लन्च गरेको छ । यो बाईक अफ–रोडको लागि बढि महत्वपुर्ण रहेको छ । केहि समय अघि मात्रै भित्राईएको यस बाईक ग्राहकहरुको अत्यधिक रोजाईमा पर्न सफल भएको छ ।
यस र्बाककको स्फेसिफिकेसन सम्बन्धि कुरा गर्नुपर्दा बाईकको ईन्जिन टाईप सिङगल सिलेन्डर, ४ ट्रोक, ४ भल्भ, लिक्विड–कोल्ड आदि रहेको छ भने सेल्फ र किक स्टाटिङबाट बाईक स्टाट गर्न सकिने छ । ३२० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिने यस बाईको म्याक्स पावर २५.८ पिएस का साथै ९००० आरपिएम र म्याक्स टर्क २२.५ एनएमका साथै ७००० आरपिएम रहेको छ । कम्पनिका अनुसार यस बाईकमा डिस्प्लेसमेन्ड २४९.६ सिसि पाउन सकिन कम्पनिले बताएको छ । बाईकको गियर बक्स ६ स्पिड,तुलनात्मक अनुपात ११.६ः१ र टप स्पिड एन/ए रहेको जनाइएको छ ।
जुम्मभ ०८ २५० बाईकको टायर सम्बन्धि कुरा गर्नुपर्दा अगाडिको टायर ८०/१००–२१ रहेको छ भने पछाडिको टायरक १२०/१००–१८ रहेको र यसमा डुअल डिस्कको बे्रकिङ्ग सिस्टम रहेको छ । त्यसै गरि ९४० एमएमको सिट हाईट यसमा पाउन सकिने छ । ८ लिटरको फ्युल क्यापासिटि रहेको यस बाईकमा सस्पेन्सन सेटअप भने एडजस्टेबल, स्प्रिङ प्रि–लोड सक, एडजस्टेबल रिबाउन्ड, स्प्रिङ पिरियड, कम्पेरिजन डयाम्पिङ, इन्भिटेड फर्क आदि पाउन सकिने छ ।
११८ केजि तौलमा उपलब्ध यस जुम्मभ ०८ २५० बाईकको मुल्य रु.७.९९ लाख देखि रु ८.४० लाख रहेको कम्पनिले बताएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

