रौतहटका दुई वडामा कांग्रेस, एउटामा समाजवादी विजयी
रौतहट । तहको उपनिर्वाचनमा रौतहटका दुई वडामा कांग्रेस र एउटा वडामा एकीकृत नेकपा समाजवादी विजयी भएका छन्। गढिमाई नगरपालिका-८ मा समाजवादी उम्मेदवार बजरंगीप्रसाद यादव निर्वाचित भएका छन्।
सोमवार बिहानको अन्तिम मत परिणाम सार्वजनिक हुँदा समाजवादीका उमेदवार यादव २४ मतले वडाध्यक्षमा निर्वाचित भएका हुन्।
उनले ६ सय ५५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार जिउतीदेवी यादवले ६ सय ३१ मत प्राप्त गरिन्।
त्यस्तै, तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार सुबोधकुमार यादवले कुल ६ सय १७ मत पाएका छन्।
यस्तै, इशनाथ नगरपालिका-७ मा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन्। खलिकले ६२७ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शेख अनवारले ५७५ मत ल्याएका छन्।
यसैगरी, राजपुर नगरपालिका ६ मा नेपाली कांग्रेसका समसे आलम ७४४ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिकरुलाहले ४६३ मत ल्याएका छन्।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

