Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

लक्ष्मी सनराइजले गर्यो ५.२६ प्रतिशत लाभांस प्रस्ताव, राष्ट्र बैंकको स्वीकृतिपश्चात वितरण गरिने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, मंसिर, १७
लक्ष्मी सनराइजले गर्यो ५.२६ प्रतिशत लाभांस प्रस्ताव, राष्ट्र बैंकको स्वीकृतिपश्चात वितरण गरिने

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको २९९औं सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०८०र८१ को लाभांस प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीबाट आफ्ना सेयरधनीहरूलाई कुल ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ ।

Top Changing Nepal

युट्युब सट्स