• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ चैत २०८२, शनिबार
२१ चैत २०८२, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन
  • १० घण्टा 

२०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
  • १२ घण्टा 

फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता
  • १२ घण्टा 

डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी
  • १२ घण्टा 

सरकारद्वारा सातामा दुई दिन बिदा दिने निर्णय
  • १३ घण्टा 

अबदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि साझँ ५ बजेसम्म सञ्चालन हुने
  • १४ घण्टा 

राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन
  • १४ घण्टा 

कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. गुगलले सार्वजनिक गर्यो नयाँ फिचरः अब डाटा नमेटी जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने

  • २. Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

  • ३. एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख १२ हजार विद्यार्थी सहभागी

  • ४. कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ५. निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

  • ६. २०८२ चैत २० गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ८. नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला

  • ९. हनुमान जन्मजयन्ती मनाइँदै

  • १०. राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन

रौतहट बलरामपुर गढीमाई मन्दिरमा पनी भब्य मेलाको आयोजना

जानकारी केन्द्र २०८१, मंसिर, २२

सञ्जय मिश्रा
रौतहट । रौतहटको कटहरिया नगरपालिका ४ बलरामपुर गाउँ छेउ गढीमाई मन्दिरमा भव्यरूपमा मेला सुरु भएको छ।

शुक्रवार साँझ एक समारोह बिच वडा अध्यक्ष चन्दन कुशवाहाले रिबन काटेर उदघाटन गरेपछी औपचारिक रूपमा मेला सुरु भएको हो। उक्त अवसरमा वडा अध्यक्ष कुशवाहाले हिन्दूहरूको आस्थाको केन्द्र बलरामपुर गढीमाई मन्दिरमा अघिल्लो मेला भन्दा यस पटक बिशेष रुपमा पूजा संगै मेलाको आयोजना गरिएको बताएका छन्। पाँच बर्षमा एकपटक लाग्ने मेलामा कटहरिया वडा ४ का बाट मात्र १ लाख रुपैयाँ सहयोग गरिएको साथै दर्जनौं स्थानीयले करिब ४ लाख रुपैयाँ चन्दा सहयोग गरेको वडा अध्यक्ष कुशवाहाले जानकारी दिएका छन्।

उदघाटन कार्यक्रममा सहभागी देवाही गोनाहिका मेयर प्रेमलाल साहले बलरामपुर गढीमाई मन्दिर निर्माण देखी मेला आयोजनाको मुख्य भूमिका निभाई रहेका वडा अध्यक्ष चन्दन कुशवाहाको खुलेरै प्रशंसा गरेका थिए। उक्त मन्दिर देवाही गोनाही नगरपालिका संग जोडिएको भएकाले मेलामा सहयोग गर्नु आफ्नो पनी दायित्व रहेको बताउँदै मेयर साहले मन्दिरमा लगाईएको पण्डाल बापत ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

मेला मंगसिर २४ गते सम्म लाग्ने आयोजक मेला मूल सेवा समिति बलरामपुर जनाएको छ । मेलामा आज देखि आईतवार सम्म विर्जाभारको नाच व्यवस्था गरिएको छ भने सोमवार टिकटक स्टारहरुको जमघट हुने छ। बलरामपुर गढीमाई मन्दिरमा बारा बरियारपुर गढीमाईको तिथिमा राँगा, खसी, परेवा, हासको बलि दिइने जनाईएको छ । बलिरामपुर टोलापुरमा रहेको गढीमाई मन्दिरको प्राङ्गणमा पछिल्लो १५ बर्ष देखि प्रत्येक पाँच वर्षमा गढीमाईको  मेला लाग्दै आएको छ ।

गढीमाई मन्दिरमा दर्शन गर्न दर्शनार्थीहरु आउने गर्दछन् ।भाकल पुरा हुनेहरूले पशु बलि समेत दिने गरेका छन् । यस मेलामा रौतहट सहित अन्य जिल्लाबाट भक्तजनहरू आउने गर्दछन् ।  उदघाटन कार्यक्रममा वडा अध्यक्ष चन्दन कुशवाहा संगै देवाही गोनाही नगरपालिकाको नगर प्रमुख प्रेमलाल साह कानु , देवाही गोनाही नगर पालिका वडा   ६ को वडा अध्यक्ष बिशनु दास , कटहरिया नगर पालिकाको कार्यपालिका सदस्य जामुन ठाकुर, कटहरिया नगर पालिका वडा सदस्य मेरजुल मिया, रामईसवर यादव, ईलाका प्रहरि कार्यलय कटहरियाका सई मुकेश कुमार सिंह , मेला समितिको अध्यक्ष पुनदेव साह कानु , कोशा अध्यक्ष लालबाबु दास,सचिव श्री भाग्वान साह तेलि, पुजारि रुपनारायण पासवान सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको बताइएको छ ।

१५ बर्ष अघि स्थापना गरिएको बलरामपुर गढीमाई मन्दिर चन्दन कुशवाहा पहिलो पटक वडा अध्यक्षमा निर्वाचित भए पछि आर्थिक बर्ष २०८६१०७७ मा १३ लाख रुपैयाँको लागतमा मन्दिरको पुनः निर्माण तथा मूर्ति स्थापना गरिएको थियो। बलरामपुर गढीमाई मन्दिर संगै रौतहटको ७ स्थानमा रहेको मन्दिरहरूमा मेलाको आयोजना गरिएको छ। ती सबै मन्दिरहरूमा बारा बरियारपुर स्थित बिश्व प्रसिध्द गढीमाई मेलाकै तिथिमा बली प्रदान गरिँदै आएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी
अबदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि साझँ ५ बजेसम्म सञ्चालन हुने

ताजा

नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन

२०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.