पुष्पाः २ को हैदाराबादकाे भागदौड मृत्यु प्रकरणमा तीन जना पक्राउ
हैदाराबाद । चलचित्र ‘पुष्पा २’ को प्रिमियरको क्रममा भएको भागदौडमा एक महिलाको मृत्यु भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा थिएटर सञ्चालक सन्दीप, थिएटर म्यानेजर नागराजु र बालकनी सुपरभाइजर रहेको भारतीय मिडियाले जनाएका छन् ।
यसको पुष्टि चिक्कडपल्लीका एसीपी एल रमेश कुमार ले भिडियो साझा गरेर दिएका छन । भिडियोमा उनले भनेका छन्, ‘आज अनुसन्धानका क्रममा यस घटनामा संलग्न तीन जनालाई पक्राउ गरी अदालतमा पेश गरेका छौँ । उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको छ । र, घाइते बालक निको भइरहेका छन्।’
प्राप्त जानकारी अनुसार घटनापछि मृतकका परिवारले प्रहरीमा उजुरी दिएका थिए । तीनै जनाविरुद्ध भारतीय न्याय संहिता ऐनको धारा १०५ र ११८ ९१० र ३ ९५० अन्तर्गत मुद्दा दर्ता गरिएको छ। एसीपी एल रमेश कुमारले पनि घाइते ९ वर्षीय श्रीतेजको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् ।
अल्लु अर्जुन गत बुधबार राति हैदराबादको सन्ध्या थिएटर पुगेका थिए । उनलाई हेर्न भीड जम्मा भयो । एक्कासी भागदौड मच्चिँदा रेवतीको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । रेवतीका ९ वर्षीय छोरा श्रेतेज पनि घाइते भएका छन् ।
मृतकका श्रीमान् भास्करले आफ्नी श्रीमती र छोराको अवस्थाको लागि अल्लु अर्जुन मात्र जिम्मेवार रहेको बताउँछन् । उनको टोलीले थिएटरमा आउँदै गरेको जानकारी प्रहरीलाई दिएको भए यति ठूलो दुर्घटना हुने थिएन, त्यसैले उनी दाेषीका प्रमुख पात्र हुन ।
यो घटनापछि अल्लु अर्जुनले आफ्नो एक्स ह्यान्डलमा भिडियो शेयर गर्दै मृतक महिलाको परिवारलाई २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनले भनेका थिए, ‘सन्ध्या थिएटरमा भएको दुखद घटनाबाट म गहिरो दुखित छु । यस दुःखद घडीमा परिवारमा मेरो समवेदना। म उनीहरूलाई यो पीडामा एक्लै छैनन् भन्ने विश्वास दिलाउन चाहन्छु। परिवारलाई व्यक्तिगत रूपमा भेट्ने छु । यो कठिन घडीमा म उहाँहरुलाई सक्दो सहयोग गर्न तयार छु ।’
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
