• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष ०८, २०८२
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक

डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

पायोनियर मोटो कर्पद्वारा विशेष अफर ‘जीकर एक्स नाउ ओर नेभर’ सार्वजनिक

सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

कक्षा १२ को परीक्षा फाराम खुल्यो

क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ४. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ९. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • १०. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

‘क्यानिन डिस ट्याम्पर’ रोग वन्यजन्तुमा देखा परेकाे पुष्टि, सर्तकता अपनाउन अनुराेध

बर्दिया । विशेषगरी घर पालुवा कुकुरमा लाग्ने क्यानिन डिस ट्याम्पर रोग वन्यजन्तुमा पुष्टि भएको छ । स्वास्थ्य लाइभ मिडियाको आयोजनामा बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको एक कार्यक्रममा कुकुरबाट क्यानिन डिस ट्याम्पर रोग वन्यजन्तुमा सरेको अधिकारीहरुले बताएका छन् ।

यस अगाडी मानिसबाट जंगली हात्तिमा क्षयरोग सरेको पुष्टि भएको थियो । क्यानिन डिस ट्याम्पर वन्यजन्तुमा सरेको सम्भवत नेपालमा यो पहिलो भएको अधिकारीहरुले बताएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. आयुस महर्जनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको चितुवामा क्यानिन डिस ट्याम्पर रोग पुष्टि भएको हो । बफर जोन वरपर बाक्लो बस्ति भएको र कुकुरहरु खान चितुवा नियमीत बस्तिमा आउँदा यो अवस्था आएको हो । उनका अनुसार क्यानिन डिस ट्याम्पर एक अत्यन्त संक्रामक भाइरल रोग हो ।

विशेषगरी कुकुरमा यो रोग देखा पर्छ । डा महर्जनका अनुसार चितुवाले कुकुर खाँदा यो रोग सरेको देखिएको छ । अधिकारीहरुले बाँघमा समेत सरेको हुन सक्ने अनुमान गरेका छन् । क्यानिन डिस ट्याम्पर रोग लागेमा ५० प्रतिशत बढी मृत्यु हुने गरेको छ । क्यानिन डिस ट्याम्पर रोग कुकुरको सासप्रश्वास, पाचन प्रणाली, आँखा र छालामा असर पर्ने हुँदा कुकुर खाँदा वा उसको नजिक पर्दा वन्यजन्तुमा सहजै सर्ने गरेको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा. अशोक कुमार रामले वन्यजन्तु र मानिसको सम्पर्क हुनै नदिनु राम्रो भएको बताए । ७० प्रतिशत गम्भिर रोगहरु जनावरबाटै मानिसमा सरेकाले यसलाई कम गर्न जरुरी भएको उनको तर्क छ । मानिसका कारण वन्यजन्तु र वन्यजन्तुका कारण मानिस जोखिममा पर्ने अवस्था रहेको दर्शाउदै डा. रामले वन्यजन्तु स्वस्थ र सुरक्षित नभएको अवस्थामा मानिसको कुनै अर्थ नहुने दाबी गरे ।

चितुवा र बाँघमा नयाँ रोग कुकुरबाट सरेको र यी जनावरले नै मानिसमा बढी आक्रमण हुने भएकाले रोगको जोखिम पनि त्यस्तै रहेको डा. रामको भनाइ छ ।

प्रमुख डा अशोक कुमार रामले वन्यजन्तुको उपचारमा चिकित्सक जान्छौं तर, रोग मानिसमा सर्छ भन्ने सोचाइ नहुदाँ समस्या रहेको बताए । उनले जनचेताना सबै पक्षमा हुन आवश्यक रहेको र यस्तो कार्यक्रम नियमीत हुनुपर्ने पनि बताए ।

ठाकुरबाबा नगरपालिका आर्थिक विकास सहायता प्रमुख कलम बिष्टले स्थानीय जनप्रतिनिधिहरुमा जुनोसिस रोगबारे जानकारी नभएको बताए । जुनोसिस रोगबारे जानकारी नहुदा यसको व्यवस्थापनमा काम गर्न कठिनाई भएको उनको दाबी छ ।

जनप्रतिनिधिहरुलाई वान हेल्थको अवधारणा बारे पुर्ण ज्ञान हुन जरुरी भएको वडा अध्यक्ष समेत रहेको बिष्टले भने । उनले भने, ‘वन्यजन्तु र मानिस बीचमा हुने अन्तरद्धन्द्ध मात्र नभएर भोली वन्यजन्तुबाट मानिसमा आउने र मानिसबाट वन्यजन्तुमा उत्पन्न हुन सक्ने महामारीबारे पनि सोच्नु पर्ने देखिएको छ ।’

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले वान हेल्थको अवधारणा लिएर अगाडी नबढे महामारिजन्य रोगसँग लड्न कठिन हुने बताइन् । उनले वन्यजन्तुका कारण मानिस ठुलो जोखिममा रहेको स्पष्ट पारिन । हरिण, बाख्रा र गाईहरु सँगसगै चर्नु अत्यन्त दुखद रहेको उनको भनाइ छ । करिडोर फरक फरक नहुदा एक आपसमा रोग सर्ने जोखिम हुन्छ पौडेलले भनिन् । उनले वन्यजन्तुलाई बस्तिमा निस्कन रोक्ने उपाय अपनाउन सबैमा अनुरोध गरिन् । भित्रै आहारा दिएर वन्यजन्तुलाई बस्तिमा निस्कन रोक्न सके महामारीबाट हदसम्म जोगिन सकिने पौडेलको बुझाइ छ ।

कार्यक्रममा डाक्टर सन्तोष दुलालले न्याप एएमआर पास भएपनि कार्यान्वयनमा आउँन नसकेकोमा चिन्ता व्यक्त गरे । एक स्वास्थ्यको अवधारणा अवलम्बन गरेर मात्रै महामारीसँग जुध्न सकिने उनको भनाइ छ । अहिले पनि विश्वमा अवैध वन्यजन्तुको चोरी सिकारी व्यापक भएकाले कुनै पनि समयमा महामारीको सामना गर्नुपर्ने उनको भनाइ छ । तथ्यांकहरुले देखाए अनुसार अनियमित माछा पालनको व्यापार प्रति वर्ष ४ दशमलब २ देखि ९ लशमलब ५ अर्ब अमेरिकी डलर सम्म हुने गरेको छ ।

त्यस्तै अवैध वन्यजन्तुको तस्करी विश्वमा प्रति वर्ष ७ दशमलब ८ देखि १० अर्ब अमेरिकी डलर अनुमान गरिएको छ । डा. दुलाल भन्छन्, ‘वन्यजन्तुको बासस्थान र अव्यवस्थित शहरीकरणले गर्दा जैविक विविधता संरक्षण गर्न कठिन बन्दै गएको छ ।’

यता शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा शेर बहादुर पुनले कुनै पनि महामारी पुन नयाँ वा पुरानै नयाँ स्वरुपमा आउँन सक्ने तर्फ संकेत गरे । उनले नयाँ नयाँ रोगहरु जनावरबाट मानिसमा सर्नेक्रम जारी रहेकाले कुनै पनि समयमा विश्वमा फेरी ठुलो महामारी देखा पर्ने बताए । उनले जुनोसिस डिजिजको समस्या अधिक भएपनि यो प्राथमिकतामा नपरेको बताए । डा पुनले भने, वन्यजन्तुको मृत्युलाई पनि गहिराइमा गएर अनुसन्धान गर्न जरुरी छ । अस्पतालहरुमा जुनोसिस डिजिजको समस्या लिएर आउँनेहरु बिस्तारै बढ्दै गएको पुनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम
    कक्षा १२ को परीक्षा फाराम खुल्यो
    वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक

    डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

    पायोनियर मोटो कर्पद्वारा विशेष अफर ‘जीकर एक्स नाउ ओर नेभर’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक
    • डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
    • पायोनियर मोटो कर्पद्वारा विशेष अफर ‘जीकर एक्स नाउ ओर नेभर’ सार्वजनिक
    • सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.