श्रीमती र सासुले धेरै पैसा मागेको भन्दै श्रीमानले गरे आत्महत्या
बैंगलोर । एक जना एआई इन्जिनियरले अनौठो कारणले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।
खासमा ३४ वर्षीय अतुल सुभाषले आफ्नी श्रीमती र सासुले पैसाको लागि दुव्र्यवहार गरेको आरोप लगाउँदै आत्महत्या गरेका हुन् ।
गत डिसेम्बर ९ मा उनले १ घन्टा २० मिनेटको भिडियो र २४ पृष्ठको पत्र लेखेर सो आत्महत्या गरेको थाहा हुन आएको छ, जसमा उनले आत्महत्या बाहेक अरू कुनै विकल्प आफुँसँग बाँकी नरहेको उल्लेख गरेका छन् ।
सो क्रममा अतुलले उत्तर प्रदेशको जौनपुरका एक न्यायाधीशमाथि पनि गम्भीर आरोप लगाएका छन् । उनले आफ्नो चिठ्ठीमा मुद्दा सुल्झाउने नाममा न्यायाधीशले ५ लाख घुस मागेको उल्लेख गरेका छन । अतुलले आफ्नी श्रीमती, सासु र जौनपुरका न्यायाधीशले आत्महत्या गर्न भनेका पनि पत्रमा लेखेको भेटिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मूल रूपमा बिहारका अतुल सुभाषको शव बेंगलुरुको मन्जुनाथ ले आउटमा रहेको उनको फ्ल्याटबाट भेटिएको थियो। छिमेकीले घरको ढोका तोड्दा उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । कोठामा ‘जस्टिस इज ड्यु’ लेखिएको प्ले कार्ड भेटिएको थियो ।
अहिले अतुलका परिवारको उजुरीका आधारमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको छ ।
आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा अतुलले पूरै घटनाको विस्तृत विवरण दिएका छन् । उनले म्याट्रिमोनी साइट मार्फत म्याच भेटेपछि २०१९ मा हालकी श्रीमतीसँग विवाह गरेको बताए । अर्को वर्ष तिनीहरूको एक छोरा भयो। आफ्नी श्रीमती र श्रीमतीको परिवारले जहिले पनि आफूसँग पैसाको माग राख्थे, जुन पूरा पनि गर्ने गरेको उनले बताए ।
उनले आफ्नी श्रीमतीको परिवारलाई लाखौं रुपैयाँ दिएका थिए तर जब उनले थप पैसा दिन बन्द गरे, श्रीमतीले २०२१ मा छोराको साथ बेंगलुरु छोडि दिइन् । अतुलले हरेक महिना ४० हजार रुपैयाँ मेन्टेन्स दिने गरेको पत्रमा उल्लेख गरेका छन । अतुलले भने, ‘तर, मेरी श्रीमतीले छोरालाई भेट्न र बोल्नसमेत दिएनन ।’
जसको रिसमा श्रीमतीले उनी माथी दाइजो र बाबुको हत्या गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन । श्रीमतीले केटा र उनको परिवारका सदस्यहरू विरुद्ध धेरै मुद्दा दायर गरेकी थिइन्, जसमा हत्या र अप्राकृतिक यौनसम्बन्धका घटनासमेत उल्लेख गरिएको छ । अतुलले आफ्नी श्रीमतीले १० लाख दाइजो मागेको आरोप लगाएका कारण बुवाको हृदयघातका कारण मृत्यु भएको आरोप लगाउने गरेको उनले आत्महत्या अघि उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
