जाजरकोटमा जीप दुर्घटना : एक महिनाको बालकसहित पाँच जनाको मृत्यु
काठमाडौैं। जाजरकोटको नलगाड नगरपालिकाको कालीमाटीबाट करुवा जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे जाजरकोटको नलगाड नगरपालिका–३ बिरखोला कैना–कड्के सडक खण्डमा ग. च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि नलगाड नगरपालिका–३ करुवाका ३१ बर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ बर्षीया शिला पुन, ३३ बर्षीया शारदा थापा, १७ बर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको हो ।
नलगाड नगरपालिका–३ का १९ बर्षीय जनक थापा र २१ बर्षका जीवन विक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विक सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनास्थलमा पुगेको टोलीले पौने ३ बजे दल्लीस्थित नगर अस्पतालमा दुर्घटनाका घाईतेहरुलाई ल्याएको थियो । प्रहरीका अनुसार जिप एक्कासी ब्रेक फेल भई सडकबाट अन्दाजी ७ सयदेखि ८ सय मिटर तल खसेर दुर्घटना भएको हो । जीपमा सात जना सवार थिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
