अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, मंसिर, २८
काठमाडौँ । दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार तमिलनाडुको डिन्डिगुलस्थित एक अस्पतालमा राति १० बजेतिर भएको आगलागीमा एक बालिकासहित कम्तीमा ६ जनाको ज्यान गएको हो । आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । तर, सर्ट सर्किट भएको आशंका गरिएको छ ।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार अस्पतालमा लिफ्टभित्र सबै ६ जना पीडित बेहोस अवस्थामा फेला परेका थिए । प्रहरी अधीक्षक ए प्रदीपले करिब ३० जना घाइते भएको तर सबैको अवस्था ‘स्थिर’ रहेको बताए । आगो भुइँतलाको रिसेप्शन क्षेत्रमा सुरु भएको र द्रुत गतिमा अन्य तलाहरूमा फैलिएको थियो ।
आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित बेवास्ताका कारण भारतमा भवनमा आगलागी हुनु सामान्य जस्तै भएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
