ललितपुर महानगरपलिकाले १०६ औँ स्थापना दिवस मनाउँदै
काठमाडौँ । ललितपुर महानगरपलिकाले मंगलबार आफ्नो १०६ औँ स्थापना दिवस मनाउँदैछ । सोमबार महानगरपालिकाले १०६ औँ स्थापना दिवसको अवसरमा ‘अदृश्य कामहरु दृश्यमा’ प्रदर्शनी गरिने लगायतका कार्यक्रम राखिएको जानकारी गराएको हो ।
उक्त कार्यक्रममा बोल्दै महानगरपलिकाका मेयर चिरिबाबु महर्जनले १९७५ पुसको २ गते स्थापना भएको महानगरपालिका सबैभन्दा जेठो भएको बताए । उनले काठमाडौं महानगरपालिका समेत ललितपुर महानगरपालिका भन्दा तीन महिना कान्छो भएको उनले बताए ।
उनले भने, ‘१९७५ पुसको २ गते स्थापना भएको महानगरपालिका सबैभन्दा जेठो महानगरपालिका हो । काठमाडौं महानगरपालिका समेत ललितपुर महानगरपालिका भन्दा तीन महिना कान्छो छ । त्यसैले भोलि चाँही हामी १०६ औँ स्थापना दिवस मनाउँदैछौं । सबैलाई निमन्त्रणा यतैबाट गर्न चाहन्छु ।’
साथै उनले एउटै फोटोले हजारौं शब्द बोल्ने बताए । उनले फोटोले हजारौं शब्द बोले पनि भिडियोले लाखौं शब्द बोल्नुपर्ने बताए । उनले महानगरपालिका कुनै कुरामा पनि कमजोर नरहेको बताए । उनले कुनै पनि बिन्दुमा पुगेर काम गरिरहेका छौं भने त्यो रोकिन नहुने जिकिर गरे ।
ललितपुर महानगर नेपालकै सबैभन्दा उत्तम हो भनेर घोषणा गर्ने इच्छा भएको बताए । यसैगरी उनले महानगर सफा र सुगर बनाउनेसमेत धोको रहेको बताए ।
उनले भने, ‘हाम्रो महानगरपालिका कुनै कुरामा कमजोर छैन । धेरै कुरामा अगाडि आएर अब्बल नै छौं । कुनैपनि पोइन्ट वा बिन्दुमा गएर रोकिँदैनौं, निरन्तर चलिरहनुपर्छ । अब हामीलाई एउटा ईच्छा छ जुन ललितपुर नेपालकै सबैभन्दा उत्तम हो भनेर घोषणा गर्ने । यसैगरी ललितपुर महानगरपालिका सफा बनाउनेसमेत धोको छ ।’
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

