घरायसी विवादमा बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु
जानकारी केन्द्र
२०८१, पुष, ३
भक्तपुर । भक्तपुरमा घरायसी विवादको क्रममा बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ । भक्तपुर नगरपालिका २ सहिद स्मृति खेल मैदान नजिकै अछाम कमलनगर नगरपालिका ६ हात्तिबाचका ३१ वर्षीय नरेन्द्र बहादुर शाहीलाई उनका ६३ वर्षीय बुबा दिप बहादुर शाहीले तरकारी काट्ने चक्कुले प्रहार गरेका थिए ।
गएराति भएको घटनामा नरेन्द्र गम्भीर घाइते भएका थिए । घाइते नरेन्द्रलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको गएराति मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा राखिएको छ ।
प्रहरीले घटनामा संलग्न उनका बुबा दिप बहादुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । अपराधको कारण पारिवारिक विवाद रहेको अनुमान गरिएपनि घटना सम्बन्धमा विस्तृत अनुसन्धान जारी छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

