पत्थरी हुँदा के खाने, के नखाने ? जान्नुहोस् महत्वपूर्ण सुझावहरू
काठमाडौं । पत्थरी हुँदा के खाने, के नखाने भन्ने जानकारी धेरैलाई थाहा नहुन सक्छ । खास गरी, मानिसको शरीरमा पत्थरी विभिन्न कारणले अचानक देखा पर्ने समस्या हो, जुन युरिक एसिड क्रिस्टल, फोस्फोरिक एसिड क्रिस्टल र क्याल्सियम ओग्ज्यालेट क्रिस्टलका रूपमा पाइन्छ ।
पत्थरी बन्ने मुख्य कारणहरूमा गलत खानपान, पानी तथा तरल पदार्थको कम सेवन, अत्यधिक नुनको सेवन, जन्मजात रूपमा मेटाबोलिजमको असन्तुलन, हाइपर थाइराइडिज्म, उच्च तौल तथा मोटोपना, उच्च रक्तचाप, मधुमेह र आनुवंशिक गुणहरू प्रमुख छन् । यी कारणहरूले मिर्गौलामा मिनरलहरू जम्मा भएर पत्थरी बन्ने समस्या निम्त्याउँछ ।
पत्थरी रोकथामका लागि सही जीवनशैली र खानपानको विशेष ध्यान दिन आवश्यक हुन्छ । खानपिनमा ध्यान दिनु सबैभन्दा महत्वपूर्ण उपाय हो । धेरै चिल्लो, पिरो र नुनिलो खानेकुरा खानबाट जोगिनुपर्छ । पानी पर्याप्त मात्रामा पिउनु जरुरी छ, किनभने मिर्गौलाको माध्यमबाट शरीरमा रहेका विकारलाई पिसाबमार्फत बाहिर निकाल्न पानीको भूमिका अत्यावश्यक हुन्छ । पिसाब धेरैबेर नरोक्ने बानी बसाल्नुपर्छ, किनभने पिसाब रोक्दा मिर्गौलामा विकारको स्तर बढ्न सक्छ र पत्थरी बन्न सक्छ ।
दैनिक रूपमा व्यायाम गर्ने बानीले पनि पत्थरी बन्ने जोखिमलाई कम गर्न मद्दत गर्छ । शारीरिक सक्रियता शरीरको मेटाबोलिजमलाई सन्तुलित राख्न सहयोग गर्छ, जसले मिर्गौलामा मिनरलहरूको असन्तुलन हुनबाट रोक्छ । पत्थरीको समस्या रोक्न पानीका साथै अन्य तरल पदार्थ, जस्तै नरिवलको पानी, जुस र सूप जस्ता तरल पदार्थ पिउनुपर्छ । धेरै नुन भएको खाना र प्रशोधन गरिएका खाद्य पदार्थको सेवन कम गर्नु पनि अत्यावश्यक छ ।
सुरुमा सामान्य देखिने पत्थरी समयमै जाँच नगरिए स्वास्थ्यलाई गम्भीर असर पुर्याउन सक्छ । त्यसैले, नियमित रूपमा स्वास्थ्य परीक्षण गराउने र वर्षमा कम्तीमा एकपल्ट मिर्गौलाको अल्ट्रासाउन्ड परीक्षण गराउनु उचित हुन्छ । यसले पत्थरी भएको प्रारम्भिक चरणमै पत्ता लगाउन र समयमै उपचार गर्न मद्दत गर्दछ । नियमित जाँच, सन्तुलित खानपान, पर्याप्त पानीको सेवन र स्वस्थ जीवनशैली अपनाए पत्थरीजस्तो गम्भीर समस्याबाट जोगिन सकिन्छ ।
यसका साथै, पत्थरीको प्रकृति अनुसार चिकित्सकसँग परामर्श गरेर विशेष प्रकारका खानेकुराको योजना बनाउनु पर्छ । युरिक एसिड क्रिस्टल पत्थरी भएका व्यक्तिहरूले मासुजन्य पदार्थ र उच्च प्रोटिनयुक्त खाना कम खानुपर्छ । फोस्फोरिक एसिड र क्याल्सियम ओग्ज्यालेट क्रिस्टल पत्थरी भएका व्यक्तिहरूले पालुंगो, चिया, चकलेट र क्याल्सियमयुक्त खानाको सेवनमा ध्यान दिनुपर्छ । यसरी, सही जानकारी र सावधानीले पत्थरीबाट हुने समस्याबाट जोगिन सकिन्छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
