अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना हुने
काठमाडौँ । संयुक्त राष्ट्र संघद्वारा डिसेम्बर २१ मा विश्व ध्यान दिवसको रुपमा मान्यता प्रदान गरिएकोले विश्वभरि सम्पूर्ण मानव समाजमा एक नवीन चेतना जागरण गराएको छ । ध्यानलाई शुद्धतम रुपमा विश्वभरी मानव कल्याण, शान्ति र आरोग्यको उज्यालो वातावरण निर्माण गर्न अझ बढी महत्वपूर्ण भूमिका खेल्ने नै छ । साथ साथै पूर्विय दर्शन र संस्कृतिको गौरब विश्वभरि फैलिने निश्चित छ ।
“द आर्ट अफ लिभिङ्ग नेपाल” ले ई.स.२०२४ डिसेम्बर २१ को दिन अन्तराष्ट्रिय ध्यान डे २०२४ कार्यक्रम आयोजना गरेको सहर्ष अवगत गराउन चाहन्छौं ।
विश्व मानवतावादी तथा आध्यात्मिक महापुरुष पूज्य श्री श्री रवीशंकर गुरुदेवबाट चार दशक अगाडि ई.सं. १९८१ मा स्थापित “द आर्ट अफ लिभिङ्ग” संस्था आज १८६ राष्ट्रमा लगभग ४.५ करोड अनुयायीहरु माझ आफ्नो गतिविधिहरु संचालन गर्दै आइरहेको छ । हिंसा मुक्त समाज, तनाव मुक्त मन र शान्ति र खुशी बाड्ने उद्देश्यले यो संस्था क्रमिक रुपमा योग/प्रणायाम क्रिया र ध्यान पूर्ण सफलताको साथ अघि बढिरहेको छ ।
डिसेम्बर २१, २०२४ को विश्व ध्यान दिवसको अवसरमा विश्वभरका मानिसहरू गुरुदेव श्री रविशंकरसँग ध्यान गर्न एक साथ भेला हुँदैछन् । यो ऐतिहासिक र सबैभन्दा ठूलो ध्यान कार्यक्रम UN को Headquarter वाट प्रशारण हुनेछ । तपाईंले यो अवसर छुटाउन चाहनुहुन्न भने बेलुँकी ८ः०० बजे माथि फोटोमा भएको QR मा Scan गरी Live मा सहभागी भई गुरुदेवसंग ध्यान गर्न सकिनेछ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
