रवि लामिछानेको हिरासतको फोटो खिच्ने निकोलस भुसाल पक्राउ
काठमाडौँ । कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार साँझ काठमाडौंको थलीबाट पक्राउ गरेको हो । भुसालले प्रहरीको सिसिटिभीमा देखिएको लामिछानेको तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्वीकार गरेका छन् ।
गत शनिबार लामिछानेलाई भेट्न जाने क्रममा प्रहरीकै सिसिटिभीमा सुतिरहेको देखेपछि आफूले तस्बिर खिचेको बताएका थिए । उनले फेसबुक लाइभ मार्फत भनेका थिए- ‘मैले प्रहरीकै सिसिटिभीमा देखेर फोटो खिचेको हुँ। त्यतिबेला कसैले केही भनेन । गल्ती भयो ।’
फोटो सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले घटनाको छानबिन गर्न निर्देशन दिएका थिए । त्यसपछि कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको कदमले साइबर कानुनको उल्लंघन गरेको जनाएको थियो । पक्राउ परेका भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने भएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
