रोशी गाउँपालिका-१ का वडाध्यक्ष लामाको निधन
जानकारी केन्द्र
२०८१, पुष, ८
काभ्रे । काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ ।
रोशी गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइएको उल्लेख छ । उनको आइतबार उपचारका क्रममा निधन भएको थियो ।
०७९ सालको स्थानीय तह निर्वाचनमा लामा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत हुन् । उनको निधनप्रति एमाले काभ्रेले दुःख व्यक्त गरेको छ ।
एमाले काभ्रे जिल्ला अध्यक्ष राजन भुर्तेलले एक विज्ञप्ति जारी गर्दै लामाप्रति श्रध्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना ब्यक्त गरेका छन् । भुर्तेलले जारी गरेको शोक वक्तव्यमा लामा पार्टीको कुशल र जुझारु नेताको साथै जनप्रिय जनप्रतिनिधि रहेको उल्लेख छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
