रोशी गाउँपालिका-१ का वडाध्यक्ष लामाको निधन
जानकारी केन्द्र
२०८१, पुष, ८
काभ्रे । काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ ।
रोशी गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइएको उल्लेख छ । उनको आइतबार उपचारका क्रममा निधन भएको थियो ।
०७९ सालको स्थानीय तह निर्वाचनमा लामा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत हुन् । उनको निधनप्रति एमाले काभ्रेले दुःख व्यक्त गरेको छ ।
एमाले काभ्रे जिल्ला अध्यक्ष राजन भुर्तेलले एक विज्ञप्ति जारी गर्दै लामाप्रति श्रध्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना ब्यक्त गरेका छन् । भुर्तेलले जारी गरेको शोक वक्तव्यमा लामा पार्टीको कुशल र जुझारु नेताको साथै जनप्रिय जनप्रतिनिधि रहेको उल्लेख छ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

