बीवाईडी एम ६ नेपालमा लन्च, इन्टरनेसनल बलुन फेस्टिभल २०२४ को अवसरमा १०० गाडी डेलिभरी
काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी इन्टरनेसनल बलुन फेस्टिभल २०२४ को अवसरमा पोखराबाट नेपालकै पहिलो प्रिमियम ७–सिटर प्रिमियम एमपीभी बीवाईडी एम६ लन्च गरेको छ । फेस्टिभलको औपचारिक उद्घाटनका साथ सो लन्च कार्यक्रम सम्पन्न भएको थियो, जसले इनोभेसन र सस्टेनेबिलिटीको रोमाञ्चक प्रदर्शन समेत दर्शाएको बताइएको छ।
गत डिसेम्बर ११ अर्थात मंसिर २६ देखि प्रि–बुकिङ प्रारम्भ गरिएको बीवाईडी एम ६ प्रति ग्राहकहरुले दर्शाएको उत्साहजनक प्रतिक्रियाका कारण दुई साताकै बिचमा लन्च इभेन्टमार्फत १०० युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ । यो माइलस्टोनले नेपालको ईभी बजारमा बीवाईडीको नेतृत्व झल्काउनुका साथै नेपालमा सस्टेनेबल मोबिलिटी सोलुसनको बढ्दो मागलाई समेत देखाउने बताइएको छ ।
‘बियोन्ड लिमिट्स’ ट्यागलाइनका साथ उपलब्ध बीवाईडी एम ६ एक क्रान्तिकारी मल्टी–परपोज भेइकल (एमपीभी) हो, जुन अतुलनीय कम्फर्ट, स्पेस र एड्भान्स्ड टेक्नोलोजीका साथ उपलब्ध छ र फेमिली ट्राभललाई पुनःपरिभाषित गर्ने गरी डिजाइन गरिएको छ । बीवाईडी एम ६ को मूल्य ५८ लाख ९९ हजार तोकिएको छ ।

बीवाईडी एम ६ का स्पेक र फिचर यस्ता रहेका छन् :
- रेन्ज – सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज (डब्लुएलटीपी)
- ब्याट्री – सुरक्षा र दक्षताका लागि लोकप्रिय ७१.८ किलोवाट आवरको ब्लेड ब्याट्री
- चार्जिङ – ० देखि ८० प्रतिशत सम्मको चार्ज ४० मिनेटमै हुने
- सिटिङ अप्सन – स्पेसियस ७ सिटर
बीवाईडीको विश्वव्यापी प्रतिबद्धता अनुसारको इनोभेसन, सस्टेनेबिलिटी र एड्भान्स्ड टेक्नोलोजी अनुसारको प्रतिनिधि बीवाईडी एम६ रहनुका साथै स्लिक एरोडाइनामिक डिजाइन, आकर्षक क्याबिन अनुभव र अत्याधुनिक सेफ्टी सिस्टम जस्ता फिचरका कारण एमपीभी सेगमेन्टमा एम ६ एउटा नयाँ बेन्चमार्क बन्ने कम्पनिले बताएको छ ।
डिजाइन र कम्फर्ट
- एक्सटेरियर – स्लिक एरोडाइनामिक लाइन र क्रिस्टल डायमन्ड फ्लोटिङ एलईडी हेडलाइटका कारण कमान्डिङ र एलिगेन्ट स्ट्यान्स
- इन्टेरियर – ब्ल्याक एन्ड ब्राउन टु–टोन लक्जरियस इन्टेरियर, भेन्टिलेटेड फ्रन्ट सिट, रोटेटेबल १२.८ इन्च इन्फोटेनमेन्ट डिस्प्ले र १.४२ वर्गमिटर खुलापन सहितको प्यानोरामिक ग्लास रुफ
- कार्गो फ्लेक्जिबिलिटी – फोल्डेबल थर्ड–रो सिट र स्प्लिट मिडिल सिट ९६०ः४००, ५८० लिटर सम्मको बुट स्पेस ।
टेक्नोलोजी र सेफ्टी
- पावरट्रेन – सिमलेस एफिसियन्सीका लागि एड्भान्स्ड ८–इन–१ इलेक्ट्रिक पावरट्रेन
- सेफ्टी – ६ एयरब्याग, एबीएस, ईपीएफ, ईबीडी र एडीएएस
- अन्य फिचर – भीटीओएल (भेइकल टु लोड) टेक्नोलोजी, वायरलेस फोन चार्जिङ,भ्वाइस असिस्टेन्स र पीएम २.५ फिल्ट्रेसन सिस्टम ।

सो अवसरमा बोल्दै साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने – ‘नेपालमा फेमिली ट्राभलका लागि बीवाईडी एम६ एक गेम चेन्जर बन्ने छ, जुन लक्जरी, सस्टेनेबिलिटी र एड्भान्स्ड टेक्नोलोजीको बेजोड मिश्रण हो । बीवाईडी इन्टरनेसनल बलुन फेस्टिभल नेपाल २०२४ को अवसरमा गरिएको ग्रान्ड लन्चले हाम्रो वातावरणीय उत्तरदायित्वप्रतिको भिजनलाई दर्शाएको छ । विवेकी नेपाली ग्राहकलाई क्रान्तिकारी सवारी साधन उपलब्ध गराउन पाउँदा हामी उत्साहित बनेका छौ ।’
इलेक्ट्रिक भेइकलमार्फत सस्टेनेबल मोबिलिटीप्रति देशलाई रुपान्तरण गराउने मिसनको अग्रभागमा साइमेक्स इंक रहेको छ । बीवाईडी एम६ को लन्चले लक्जरी, परफर्मेन्स र इको–फ्रेन्डको संयोजन रहेको अत्याधुनिक इलेक्ट्रिक भेइकल नेपाली परिवारलाई उपलब्ध गराउने प्रतिबद्धतालाई प्रमाणित गरेको कम्पनिले जनाएको छ । देशभर रहेका बीवाईडी नेपालका शोरुमहरुमा बुकिङका लागि बीवाईडी एम ६ उपलब्ध रहेको बताइएको छ ।

सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय