सुजुकी मोटर कम्पनिका संस्थापकको निधन
टोकियो। सुजुकी मोटर कर्पोरेशनका संस्थापक तथा पूर्व अध्यक्ष ओसामु सुजुकीको निधन भएको छ ।
उनले ९४ वर्षको उमेरमा अन्तिम सास लिएका छन् । ओसामु सुजुकीले ४० वर्षभन्दा बढी समय सुजुकी मोटर कर्पको नेतृत्व गर्दै सन् २०२१ मा आफ्नो अवकाशको घोषणा गरेका थिए। त्यतिबेला उहाँ ९१ वर्षको थिए । सुजुकी मोटर कर्पका अध्यक्षको मृत्यु २५ डिसेम्बरमा भए पनि कम्पनीले शुक्रबार २७ डिसेम्बरमा निधन भएको जानकारी दिएको हो ।
कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार यो जानकारी प्राप्त भएको हो । ओसामु सुजुकीको नेतृत्वमा कम्पनीले विश्व बजारमा विस्तार गरेको थियो । कम्पनी विशेष गरी यसको मिनी कार र मोटरसाइकल को लागी प्रसिद्ध छ। सुजुकीको जीवन यात्रा एक साधारण परिवारबाट सुरु भएको थियो र ओसामु सुजुकीको जन्म ३० जनवरी १९३० मा जापानको गेरो गिफु प्रिफेक्चरमा भएको थियो।
टोकियोको चाओ युनिभर्सिटीमा कानूनको डिग्री अध्ययन गरेका उनले जुनियर हाई स्कूल शिक्षक र नाइट गार्डको रूपमासमेत काम गरेका थिए । सन १९५३ मा स्नातक गरेपछि उनले सुरुमा बैंकमा काम गरे । त्यस पछि विवाह गरेर सुजुकी पारिवारिक व्यवसायमा सामेल भएका थिए। यो टर्निङ प्वाइन्टले उनको छ दशक लामो करियरको सुरुवात गर्यो।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
