Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

जनकपुर बोल्ट्सका खेलाडीलाई गृहनगरमा भव्य स्वागत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १२
जनकपुर बोल्ट्सका खेलाडीलाई गृहनगरमा भव्य स्वागत

जनकपुरधाम । नेपाल प्रिमियर लिग ९एनपीएल० को उपाधि विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । शुक्रबार रजौलस्थित राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा राष्ट्रिय क्रिकेट संघ धनुषाले खेलाडीहरुलाई समान गरेको हो ।

राम जानकी रङ्गशालाबाट खेलाडीहरु ट्रफी लिएर नगर परिक्रमा गरिरहेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह पनि खेलाडीहरु चढेको गाडीमा सहभागी भएका थिए । खेलाडीहरूसँगै हजारौँ समर्थक नगर परिक्रमामा सहभागी भएका छन्। उनीहरूलाई चोक(चोकमा भव्य स्वागत गरिएको छ।

बिहीबार साँझ जनकपुर आइपुगेका खेलाडीहरु आज नगर परिक्रमा गरेर जानकी मन्दिरमा पुग्ने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु) ले जानकारी दिए ।

एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकाल्दै उपाधि जितेको थियो ।

Top Changing Nepal

युट्युब सट्स