वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गर्दै आएकालाई पुरस्कृत गरिने
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गर्दै आएका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कृत गर्न आवेदन मागेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरुको योगदानको कदर र प्रोत्साहनका लागि सम्मानित गर्न आवेदन आह्वान गरेको हो । उनीहरूको योगदानको कदर र प्रोत्साहनका लागि ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि, २०७६’ अनुसार पुरस्कृत गर्न लागिएकाले २१ दिनभित्र आवेदन दिन मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
कार्यभिसामा विदेश गई कम्तीमा एक वर्ष काम गरी फर्किएका, वैदेशिक रोजगारीबाट नेपाल फर्की व्यवसाय गरेको एक वर्ष पूरा भएको र पाँच वर्षभित्र यस प्रकारको पुरस्कार प्राप्त नगरेका पुरस्कारका लागि योग्य हुनेछन् ।
तर, विगत वर्षमा यस प्रकारको पुरस्कारका लागि आवेदन पेस गरेको तर पुरस्कारका लागि छनोटमा नपरेका उद्यमीले आवेदन दिन सक्नेछन् ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
