विश्वकै सबैभन्दा वृद्धा ओलम्पिक बिजेताको निधन
जानकारी केन्द्र
२०८१, पुष, १९
काठमाडौं । विश्वकै सबैभन्दा वृद्धा ओलम्पियनको निधन भएको छ ।
ओलम्पिक स्वर्ण पदक विजेता एग्नेस केलेटीको १०४ वर्षको उमेरमा निधन भएको हो ।
हृदयघात र श्वासप्रश्वासमा समस्या भएपछि केलेतीको बुडापेस्ट सैनिक अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा बिहीबार निधन भएको परिवारले जनाएको छ ।
पाँच पटकको ओलम्पिक च्याम्पियन हंगेरियन जिम्यास्टिक खेलाडी केलेटीले सन् १९५२ मा पहिलो ओलम्पिक स्वर्ण पदक जितेकी थिइन् । त्यसको चार वर्षपछि उनले चार स्वर्ण पदक आफ्नो पोल्टामा पारेकी थिइन् ।
यसैगरी उनले ओलम्पिकमा थप तीन रजत र दुई कांस्य पदक पनि जितेकी थिइन् । केलेटीले विश्व च्याम्पियनसिपमा समान एक स्वर्ण, रजत र कांस्य पदक जितेर रेकर्ड बनाएकी थिइन्।
केलेटीको जन्म सन् १९२१ मा हंगेरीको बुढापेस्टमा भएको थियो ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
