नेपाल सिमा नजिकबाट जम्मु पुग्यो बाघ, छानबिन हुदैँ
नयाँ दिल्ली। हालै मात्र उत्तराखण्डको एउटा बाघ जम्मुमा देखेको खबर बाहिर आएको छ ।
यो बाघ राजाजी राष्ट्रिय निकुञ्जको रहेको बताइएको छ, जो अहिले जम्मुको राजौरी क्षेत्रमा देखिएको छ ।
यो समाचारलाई लिएर अन्योलको अवस्था छ तर यसबारे राजाजी राष्ट्रिय निकुञ्जका निर्देशकले पनि प्रतिक्रिया दिएका छन् । निर्देशक कोको रोशोले राजौरीमा खिचेको यो तस्बिर शंकास्पद रहेको बताएका छन् । यद्दपी, छानबिन जारी रहेको उनले जनाए ।
यसअघि पनि उत्तराखण्डको एउटा बाघ ७ महिना लगाएर हिमाञ्चल पुगेको थियो । अब राजौरीमा देखिएको बाघ उत्तराखण्डको हो कि जम्मूको हो भन्ने प्रश्न उठेको छ । अहिले वन विभागले जम्मू कश्मीरको वन विभागबाट यसबारे जानकारी लिइरहेको जनाएको छ।
उत्तराखण्ड वन विभागका प्रमुख वन्यजन्तु संरक्षक रञ्जन कुमार मिश्रले यस विषयमा गहिरिएर अनुसन्धान भइरहेको जानकारी दिए । ‘यस सम्बन्धमा जम्मू कश्मीरको वन विभागबाट जानकारी लिइएको छ, जानकारी पाएपछि मात्र हामी पूर्ण निष्कर्षमा पुग्न सक्नेछौं,’ मिश्रले भने । नेपालको सिमा नजिक रहेको क्षेत्रवाट जम्मुमा बाघ पुगे पछि भारतका बन्यजन्तु बिज्ञहरूले थप अनुसन्धान गरिरहेका छन् ।
‘हाम्रो एउटा बाघ हिमाचलको पाओन्टा साहिबमा गएको र कहाँ हुदैँ गएको भन्ने विस्तृत जानकारी हामीले पाएका छैनौं, उनले भने । फोटोका आधारमा यो बाघ हाम्रो हो कि अर्कै राज्यको हो भन्ने निर्णय गर्न नसकिने उनले बताए ।
वन विभागका अधिकारीहरूले पनि जीवन र खानाको खोजीमा जनावरहरू टाढा टाढा जाने गरेको स्वीकार गरेका छन्। ‘यस्तो अवस्थामा हाम्रो राज्यको बाघ अर्को राज्यमा जाने सम्भावना छ,’ उनले भने ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
