भारतमा दुइ बालकमा देखियो एचएमभिपी भाइरस, स्वास्थ्य मन्त्रालयले बोलायो आकस्मिक बैठक
बैंगलो। भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभिपी) संक्रमित दुइ बिरामी फेला परेका छन ।
एक ३ महिनाको बालकको सो संक्रमण भएको थियो, जो अहिले डिस्चार्ज भइसकेका छन र अर्का ६ महिनाको बच्चामा पनि एचएमभिपी देखा परेको छ, जो बालक कर्नाटकको राजधानीको अस्पतालमा उपचार भइरहेको छ ।
भारतमा एचएमभिपी देखा परेको यो पहिलो घटना हो । उत्तरी छिमेकी चीनमा देखा परेको एचएमभिपी भारतमा पनि देखा परे पछि उच्च सतर्कता अपनाइएको छ ।
संक्रमित शिशुहरू र तिनीहरूका परिवारहरूका अन्य कुनै सदस्यलाइ कुनै खतरा नभएको जनाइएको छ । ‘दुबै केसहरू धेरै श्वासप्रश्वासका भाइरल रोगजनकहरूको लागि नियमित उपचारबिधीमार्फत पहिचान गरिएको थियो,’ आइसीएमआरले भनेको छ । उसका अनुसार देशभर श्वासप्रश्वास सम्बन्धी रोगहरूको निगरानी गर्न जारी प्रयासहरू भइरहेका छन ।
चीनमा श्वासप्रश्वाससम्बन्धी रोगहरू इन्फ्लुएन्जा, आरभिसी र एचएमभिपी जस्ता भाइरसहरू गर्दा मौसमी परिवर्तनले देखा परेका छन् । यी भाइरसहरू एक अर्कासँग मिल्दोजुल्दो देखिएका छन्।
स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार भारतबाट हालको निगरानी डेटाले श्वासप्रश्वासको संक्रमणमा कुनै असामान्य वृद्धि भएको संकेत गर्दैन। यद्दपी, बैंग्लरूमा दुइ बिराम देखा परे पछि स्वास्थ्य मन्त्रालयले आज एचएमभीपीसँग लडन आवाश्यक पर्ने रणनीति बनाउनका लागि आकस्मिक बैठक बोलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
