गौरको बाणेश्वर मन्दिरमा भेटियो बुद्दकालिन अवशेष, दुर्लभ पञ्जा छाप ईट्टा फेला
रौतहट । रौतहटको गौर स्थित वाणेश्वर महादेव मन्दिरमा बुद्दकालिन पुरानो अवशेष फेला परेको छ। मन्दिर छेउमा उत्खनन गर्दा बुद्दकालिन पुरानो इँटा लगायतका अवशेषहरु फेला परेको हो। गौर नगरपालिका २ स्थित वाणेश्वर महादेव मन्दीर छेउ पुरातात्विक विभागको टोलीले गरिरहेको उत्खननको क्रममा सोमवार ऐतिहाँसिक भग्नावशेषहरु फेला परेको हो।
गौर नगरपालिकाका मेयर शम्भु साहको पहलमा पुरातत्व विभागको टोलीले पछिल्लो ११ दिन देखि गरिरहेको उत्खननको क्रममा बुद्दकालिनका इँटा लगायत भग्नावेश भेटिएको छ। मन्दीरको पछाडी र अगाडी ४ फिट गहिरो उत्खनन गर्दा सिम्रौनगढका तत्कालीन राजा हरी सिंह देवको समयका इटाहरु बरामद भएको छ।
उत्खननमा माटोको गाग्री, घोडाको मकुट, खेलौना लगायतका सामाग्री बरामद भएको छ। पुरातात्वविद देबेन्द्र तिवारीले उत्खननमा धेरै महत्वपूर्ण उपलब्धीहरु प्राप्त भएको बताएका छन । मन्दिर छेउमा चार फिट गहिरो उत्खनन गर्दा मन्दिरको गारो फेला परेको छ । गारोमा प्रयोग भएको इँटाहरु २८ सेन्टिमिटर लम्बाई, ३० सेन्टिटिर चौडाई र ६ सेन्टिमिटर बाक्लो रहेको छ। कुनै कुनै इँटामा औंलाको छाप देखिएको छ जुन सिम्रौनगढको आसपास उत्खननमा पाईएको झण्डै २५ सय बर्ष पुरानो इँटासँग मेल खाने पुरातत्वबिद तिवारीले स्पष्ट पारेका छन्।

बानेश्वर मन्दीरको पछाडी विश्वकर्मा मन्दीरको दक्षिण तर्फ उत्खनन गर्दा पाँच दिन सम्म केही भेटिएको थिएन पछि महत्वपूर्ण अवशेषहरु भेटाउन थालिएको छ। उत्खननमा माटोका पुतलाहरु प्रशस्त पाइएकाले तत्कालीन समयमा समृद बस्ती भएको अनुमान गरिन्छ।
मेयर शम्भु साहले बाणेश्वर मन्दिर ,शिवालय मन्दिर र सोवर्णामाई मन्दीर ऐतिहाँसिक भएकाले उत्खननमा महत्वपूर्ण पुरानो भग्नावेशहरु प्राप्त हुने बिश्वास ब्यक्त गरेका छन्। उनले ६५० बर्ष पुरानो ऐतिहाँसिक महत्वका भग्नावशेषहरु फेला परेकाले यहाँ धार्मिक पर्यटनको सम्भावना हुने मेयर साहले बताएका छन्।
१३३५ ई सम्म चलेको सिम्रौनगढका राजा हरी सिंह देवको शासन कालमा उक्त मन्दिरको निर्माण भएको हुनसक्ने अनुमान गरिएको छ। केहीबर्ष अघी सम्म मन्दिर वरपरको खेत जोत्दा वा खेतमा कोदालो चलाउदा खपडाका टुक्राहरु फेला पर्नेगरेको थियो।
उक्त मन्दिर छेउमै ऐतिहाँसिक ईनार रहेको छ। उक्त इनार पनि मन्दिर संगै निर्माण गरिएको र सोहि इनारको पानीले मन्दिर भित्रको शिवलिङ्गमा जलाभिषेक हुने गरेको स्थानीयहरुले बताएका छन्। १९९० सालमा आएको महाविनाशकारी भूकम्पको प्रभावले गौर लगायत आसपासका इनारहरुबाट बालुवा र कोइला निस्केको थियो तर मन्दिर छेउको इनार माथी भूकम्पको कुनै प्रभाव परेन भुकम्प पछि पनि ईनारको पानी पिउने लायाक नै रहेको गौरका बुढापाकाहरू बताउँछन्।

सम्बन्धित समाचार
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



