नेप्से परिसूचकमा आज सामान्य वृद्धि
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ । आज नेप्से ६.१६ अङ्कले बढेर २६४६.८४ बिन्दुमा रोकिएको हो ।
आज ३०५ कम्पनीको एक करोड २० लाख ८१ हजार ६०६ कित्ता शेयर ६६ हजार ६२६ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार २९५ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ समूह ०.२७, होटल तथा पर्यटन ०.०४, उत्पादन तथा प्रशोधन ०.२५ र अन्य समूह ०.१८ प्रतिशतले घटेको छ ।
लगानी समूहको उपसूचक स्थिर रहेको छ भने अरु समूहका उपसूचक भने बढेका छन् । सबैभन्दा धेरै वित्त समूह २।६५ प्रतिशतले बढेको छ । विकास बैंक ०.८०, जलविद्युत् ०.४२, जीवन बीमा ०.६७, लघुवित्त ०.४४, म्युचुअल फन्डको ०.३५, निर्जीवन बीमाको ०.४२ र व्यापार समूहको ०.५९ प्रतिशतले बढेको छ ।
त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
सम्बन्धित समाचार
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
