कंगनाले दिइन प्रियंका गान्धीलाइ ‘इमरजेन्सी’ हेर्ने निम्तो
मुम्बइ । कंगना रनावतको फिल्म ‘इमर्जेन्सी’ को लामो समयदेखि प्रतिक्षा रहेको थियो । हालै फिल्मको दोस्रो ट्रेलर सार्वजनिक भएको छ, जसलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । फिल्म आगामी जनवरी १७ मा हलमा रिलिज हुँदैछ । जसका कारण कंगना रनावत पनि निकै उत्साहित छिन् ।
यसैबीच कंगना रनौतले प्रियंका गान्धीलाई फिल्म ‘इमर्जेन्सी’ हेर्न आग्रह गरेकी छिन् । वास्तवमा उनले यस फिल्ममा पूर्व प्रधानमन्त्री तथा प्रियंका गान्धीकी हजुरआमा इन्दिरा गान्धीको भूमिका निभाएकी छिन् । हालै एक अन्तर्बार्तामा कुरा गर्दै कंगना रनौतले प्रियंका गान्धीलाई संसदमा भेटेको बेला सो निम्तो दिएको बताएकी हुन ।
यस क्रममा उनले प्रियंका गान्धीलाई पहिलो कुरा यो भनिन कि तपाईले ‘इमेर्जेन्सी’ हेर्नुपर्छ । साथै अभिनेत्रीले आफूलाई यो निकै मन पर्ने पनि बताइन् । यो कुरा नायिका आफैले एक अन्तर्वार्तामा बताइन् । कंगनाका अनुसार प्रियंका गान्धी निकै विनम्र थिइन् र उनले सम्भवतः ‘इमरजेन्सी’ अवस्था हेरेर जवाफ दिदैँ भनिन, ‘हो र ।’
यस क्रममा कंगना रनौतले आफूले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकालाई अत्यन्त सम्मान र संवेदनशीलताका साथ निर्वाह गर्ने प्रयास गरेको बताएकी छिन। उनले भने कि जब मैले उहाँका बारेमा अनुसन्धान सुरु गरें, मैले देखेँ कि उनको व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै कुराहरू थिए, चाहे त्यो उसको साथीभाइसँगको सम्बन्ध होस्, श्रीमान् वा विवादास्पद समीकरणका सबालमा नै किन नहोस, सबै रोचक थिए।
अब प्रियंका गान्धीले यो फिल्म हेर्न रुचाउँछिन् कि रूचाउँदिनन, त्यो भने हेर्न बाँकी रहेको छ ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

