हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी,चालक गम्भीर घाईते
रौतहट । चालकको लापरबाहीका कारण रौतहटस्थित ११ हजार भेल्टेजको हाई टेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगो भई पुर्ण रुपमा क्षती भएको छ। टिपर चालक गम्भीर घाईते भएका छन्।
विहिवार विहान ८ बजेको जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका–४ स्थित क्रशर उद्योगमा लु १ त २८४९ नम्वरको टिपर बालुवा झार्ने क्रममा ११ हजार भोल्ट भएको तारबाट करेन्ट लागेर टिपरमा आगलागी हुँदा पूर्ण रुपमा क्षतिग्रस्त भएको हो ।
टिपरका चालक जयप्रकाश सहनी करेन्ट लागेर गम्भीर घाईते भएका छन्। उनको गरुडा स्थित एउटा निजी अस्पतालमा उपचार भैरहेको तथा अवस्था खतरामुक्त रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।
डिएसपी कार्कीका अनुसार टिपरबाट बालुवा झार्न माथी उठाएको ट्रली तल नझारी फर्काउने क्रममा माथिको हाइटेन्सन तारमा छोएर दुर्घटना भएको थियो। घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय, गरुडाले जनाएको छ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

