रिहा भए रास्वपा सभापति लामिछाने,काठमाडौं अदालतमा आफैं उपस्थित हुने
जानकारी केन्द्र
२०८१, पुष, २५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन् । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनीसहित सात जना प्रतिवादीसँग धरौटी माग गरेको थियो ।
लामिछाने ६५ लाखको बैंक जमानत (बैंक ग्यारेन्टी) बुझाएर रिहा भएका हुन् । लामिछानेविरुद्ध काठमाडौं, पर्सा, रुपन्देही र चितवनमा पनि मुद्दा छ । कास्कीबाट रिहा हुनेवित्तिकै उनलाई पक्राउ पर्ने तयारी थियो । तर, आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर हुने शर्तमा लामिछानेलाई छाडिएको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
