शाहरूख,सलमानका बर्डीगार्डले कति लिन्छन पारिश्रमिक ?
मुम्बइ । बलिउड स्टारहरूले आफ्नो सुरक्षाको विशेष ख्याल राख्नुपर्छ, त्यसैले सलमान खानदेखि शाहरुख खानसम्म सबैको व्यक्तिगत अंगरक्षक हुन्छ।तर, जसको सबैभन्दा बढी चर्चा सलमानका अंगरक्षक शेरा र शाहरुखका अंगरक्षक रवि सिंहको हुने गर्दछ । हालैको पोडकास्टमा युसुफ इब्राहिमले यी दुईको कमाईको बारेमा धेरै खुलासा गरेका छन् ।
युसुफ इब्राहिम एक प्रसिद्ध सुरक्षा सल्लाहकार हुन्। उनले आफ्नो करियरको शुरुवाती दिनदेखि नै आलिया भट्ट र वरुण धवनलगायत धेरै ए–ग्रेड सेलिब्रेटीलाई सुरक्षा प्रदान गर्दै आएका छन्। हालै एक पोडकास्टमा प्रख्यात टिभी होस्ट सिद्धार्थ कन्ननले युसुफ इब्राहिमलाई सोधे कि शाहरुखका अंगरक्षक रवि सिंहले वार्षिक २.७ करोड भारु तलब पाउँने गरेका छन । इब्राहिमको जवाफ थियो, यो सम्भव छैन । अर्थात् युसुफ इब्राहिमका अनुसार रवि सिंहको तलबलाई लिएर चलिरहेको समाचारको कुनै औचित्य छैन ।
तर, सलमानका अंगरक्षक शेराको वार्षिक २ करोड कमाइको बारेमा सोध्दा युसुफले अर्कै जवाफ दिए । शेराको पनि आफ्नै सुरक्षा निकाय रहेको उनले बताए । यस बाहेक उनी धेरै व्यवसायमा पनि संलग्न छन्, त्यसैले सम्भव छ कि उनले यति धेरै आम्दानी गर्दैछन्। शेराको वास्तविक नाम गुरमीत सिंह जोली हो र उनी करिब दुई दशकदेखि सलमान खानको अंगरक्षकको रूपमा रहेका छन् । शेराले टाइगर सेक्युरिटीको नाममा आफ्नो एजेन्सी चलाउँछन् ।
उता, अक्षय कुमारका अंगरक्षक श्रेयसे ठेलेले वार्षिक १.२ करोड कमाउने बताइएको छ । यसबारे युसुफ इब्राहिमले भने, ‘मसँग उनको व्यक्तिगत जानकारी छैन । मासिक रुपमा हेर्दा १० देखि १२ लाख रुपैया हुन पनि सक्छ । वास्तवमा यो सुटिङ कार्यक्रम वा प्रमोशनको बिलिङ के भइरहेको छ, अंगरक्षकको तलब कति छ र सेलिब्रिटीहरूले महिनामा कति दिन काम गर्छन आदिमा भर पर्छ ।
यद्दपी, उनल भने सेलिब्रेटीको बडीगार्डहरूले करोडौं रकम लिने गरेका छन् ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

