यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बिहिबार अमेरिकी डलर को भाउ ४३ पैसाले घटेको छ । आज डलर एकको खरिददर १३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४९ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि बुधबार यसको खरिददर १३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा तोकिएको थियो ।
आज युरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ १२ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको भाउ २२ पैसाले बढेको छ । बुधबार यूरो एकको खरिददर १४१ रुपैयाँ ९० रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ५२ पैसामा कारोबार भएको थियो । यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ६० पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५६ पैसा रहेको छ । उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ८१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५० पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ७४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ७८ पैसा कायम गरेको छ ।
यसैगरी, बिहिबारको लागि कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४० पैसा निर्धारण भएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
