महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न
काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माणरसुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
सोही अन्तर्गत बैंकको पालुङ्ग शाखाद्धारा थाहा नगरपालिका–११, देउराली, मकवानपुर स्थीत श्री कालिदेवी प्राथमिक विद्मालयमा अध्ययनरत ८३ जना विधार्थीहरु मध्ये ५५ जना विपन्न वर्गका विधार्थीहरुमा न्यानो कपडाको अभावमा जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरु देखिएको र पठनपाठनमा समेत प्रत्यक्ष रुपमा असर पर्न गएकोले यस बैंकको पालुङ्ग शाखा द्धारा मिति २०८१/०९/२७ गते एक कार्यत्रमका बीच ५५ थान पोलार ज्याकेट वितरण गरिएको छ ।
साथै सर्वोदय परियोजना नामक गैहृ सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहिन कलाकारहरुको असाधारण प्रतिभालाई उजागर गर्दै समावेशिता, विविधता र सिर्जनशिलतालाई प्रबद्र्धन गर्न आयोजित“ Sensation Unseen अदृश्य मोतीहरु” नामक कार्यक्रम सञ्चालन गर्नको निमित्त बैंकले आर्थिक सहयोग गरेको छ । यस कार्यबाट अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा प्रस्तुत गर्न तथा समाजमा आफ्नो उपस्थिति देखाउन सहयोग पुग्ने साथै समावेशी समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल