Jankari Kendra
९ भाद्र २०८३, मंगलवार
Worldlink

प्रतितोला एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, ८
प्रतितोला एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक हजार एक सय रूपैयाँ बढेर प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।सोमबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।

Top Changing Nepal

युट्युब सट्स