दुई भेरिएन्टमा आयो एवोन भी, यस्तो छ मूल्य र विशेषता
काठमाडौं– जिएसी एवोनको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नयाँ ईभी मोडल ‘एवोन भी’ सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले यो नयाँ ईलेक्ट्रिक एसयुभी सार्वजनिक गरेको हो ।
एवोन भी एलिट र लक्जरी गरी दुई भेरिएन्टमा आएको हो । जसको मूल्य क्रमशः ६४ लाख ९९ हजार र ६९ लाख ९९ हजार निर्धारण गरिएको छ । यस नयाँ कारको एलिट भेरियन्टमा ६२.७ किलोवाट आवरको र लक्जरी भेरिएन्टमा ७५.३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । दुबै भेरिएन्टमा नयाँ विशेषतायुक्त म्यागेजिन ब्याट्री जाडन गरिएको हो ।जसको रेन्ज भने क्रमशः ५२० किलोमिटरको र ६५० किलोमिटर दाबी गरिएको छ ।
लक्जरी भेरियन्टमा चालक र सहचालकका लागि ८ पोइन्ट मसाज सिट र आर्मरेस्टमा इनबिल्ट फ्रिजको सुविधा छ । दुबै भेरियन्टमा १५ ओटा स्मार्ट ड्राइभिङ फङ्सन, ७ एयरब्याग र फाइभ–स्टार सुरक्षा मापदण्ड रहेको छ ।

ग्राहक अनुभवलाई थप सहज बनाउन सीजी मोटर्सले सीजी केयर्स एप पनि सार्वजनिक गरेको छ । यस एपमार्फत २४ सै घण्टा रोड साइड असिस्टेन्स, सर्भिस सेन्टरको जानकारी, चार्जिङ स्टेसनको जानकारी लिन सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्र र २४० चार्जिङ स्टेसनमार्फत सेवा दिने जनाएको छ ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
