Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, चार घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, १२
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, चार घाइते

बैतडी । जिल्लाको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान भएको जीप दुर्घटना गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका–१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सिगास–१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् ।

उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जीपका चालक फरार रहेकोले खोजी जारी रहेको बताइएको छ।

Top Changing Nepal

युट्युब सट्स