काठमाडौँका सार्वजनिक स्थानमा फोहोर फाल्न निषेधप्रकाशित मिति
जानकारी केन्द्र
२०८१, माघ, १५
काठमाडौँ । काठमाडौँ महानगरपालिले सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरेको छ। घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्य भइरहेको भन्दै महानगरले यस्तो कार्यमा रोक लगाएको हो।
काठमाडौँ महानगरपालिकाको वातावरण विभागले आज सार्वजनिक सूचना जारी गर्दै फोहोरमैलाले सहर दुर्गन्धित हुने साथै जनस्वास्थ्यमासमेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य गर्न प्रतिवन्ध लगाइएको जनाएको छ।
‘यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ ९च० वमोजिम पाँच हजार रुपियाँदेखि पन्ध्र हजार रुपियाँसम्म जरिवाना हुने व्यहोरा सम्बन्धित सबैमा यो सूचनामार्फत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
