बीवाइडीले गर्यो ९,२०० गाडी बोक्न सक्ने संसारकै ठुलो कार क्यारियर “बीवाइडी शेन्जेन” सार्वजनिक
काठमाडौं । चीनको नयाँ ऊर्जा गाडी एनइभी (एनइभी) निर्माण गर्ने कम्पनी बिवाइडी ले ‘बिवाइडी सेनजेन’ सार्वजनिक गरेको छ। यो संसारकै ठूलो रोल–अन/रोल–अफ कार क्यारियर रहेको कम्पनीको दाबी छ ।
उक्त जहाजले ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता राख्छ र यो बिवाइडीको दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।
चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बिवाइडीका अत्याधुनिक ब्याट्री प्याक, र शाफ्ट जेनेरेटरद्वारा संचालित छ। यी प्रविधिले “बीवाइडी शेन्जेन” लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको कम्पनीको दाबी छ।
बिवाइडी सेनजेनले बिवाइडी को बढ्दो जहाजहरूको समूहमा स्थान पाएको बताइएको छ। यसअघि ‘बीवाईडी एक्स्प्लोरर नं. १’, ‘बीवाईडी हेईफेई’ र ‘बीवाईडी चान्जाओ’ जस्ता जहाजहरूले ७, ००० देखि ९,२०० गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा एनईभी आपूर्ति गरेका थिए ।
बीवाईडीले सन् २०२६ सम्म आफ्नो जहाज संख्या ८ पुर्याउने योजना बनाएको कम्पनीले जनाएको छ । जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पुर्याउने कम्पनीको विश्वास रहेको छ ।
सन् २०२४ मा बिवाइडी ले ४ लाख १७ हजारभन्दा धेरै विद्युतीय गाडी विदेश पठायो, जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो। कम्पनीका अनुसार विद्युतीय गाडीको माग बढ्दै जाँदा बिवाइडी नयाँ प्रविधि, दिगो समाधान र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको छ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

