Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

विद्युतको हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा १४ वर्षीय किशोरको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, १६
विद्युतको हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा १४ वर्षीय किशोरको मृत्यु

बाँके । बाँकेको कोहलपुर नगरपालिका १२ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मंगलबार दिउँसो रक्षा मध्यवती सामुदायिक वनमा रूखमा घाँस काट्ने क्रममा करेन्ट लाग्दा १४ वर्षीय किशोरको मृत्यु भएको हो ।

विद्युतको हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा सोही ठाउँका सन्तोष प्रसाद अर्यालका १४ वर्षीय छोरा सन्दिप अर्याल गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि मेडिकल कलेज, कोहलपुर लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना सम्बन्धी आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स