जीरा मेथीको पानी नियमित पिउनुहोस, तौल घटाउनुहोस्
काठमाडौं । जीरा वा मेथीको दाना, जो तौल घटाउनको लागि काम लाग्छ। खासमा जीरामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले पाचन सुधार गर्ने काम गर्दछ। शरीरलाई पोषक तत्व अवशोषित गर्न र पाचन कार्यलाई समर्थन गर्न मद्दत गर्न सक्छ।
जीरा र मेथीको दाना दुवैले तौल घटाउन मद्दत गर्छ। जीराले पाचन र चयापचय सुधार गर्न सक्छ। मेथीको दानाले भोक कम गर्न र तृप्तीको अनुभूति बढाउन मद्दत गर्छ।
बिहान सबेरै खाली पेटमा मेथी र जीराको पानी पिउनाले पेटसँग सम्बन्धित धेरै समस्याबाट छुटकारा पाउँछ र पाचन र चयापचय सुधार गर्दछ। मेथीको दानाले भोक कम गर्न र तृप्तीको अनुभूति बढाउन मद्दत गर्छ। मेथी जीराको पानी पाचनका लागि रामवाण उपाय मानिन्छ। हरेक दिन यसको प्रयोग गर्नाले पाचन प्रणाली राम्रो रहन्छ।
मेथीको दानाबाट बनेको पेय पिउनाले मधुमेह नियन्त्रण गर्न सकिन्छ । मधुमेहका बिरामीले चिकित्सकको सल्लाहमा यसको सेवन गर्न सक्छन् । एक एक चम्चा जीरा र मेथीको दानालाई एक गिलास पानीमा भिजाएर रातभर राख्नु होस्। यो बिहान राम्रो फुल्नेछ। यस पछि यसलाई खाली पेटमा पानी फिल्टर नगरी प्रयोग गर्नुहोस्।
यसलाई पिउनाले अनुहारमा अचम्मको चमक आउँछ, छाला सुन्दर बन्छ र धेरै प्रकारका स्वास्थ्य सम्बन्धी समस्या निको हुन्छ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
