काठमाडौँ । नेपालमा इलेक्ट्रिक स्कूटरको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै जिरो एमिसन राइड एनले माघ १७ देखि २१ सम्म भृकुटीमण्डपमा आयोजना हुने आठौँ नेपाल चेम्बर एक्सपोमा सहभागी हुँदै विशेष अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत, लुयान र इकुटर ब्रान्डका कुनै पनि इलेक्ट्रिक स्कूटर खरिद गर्ने ग्राहकले रु. २०,००० नगद छुट पाउनेछन्। यो अफर केवल नगद खरिद गर्ने ग्राहकका लागि लागू हुने जनाइएको छ। नगदमा खरिद गर्न नसक्ने ग्राहकहरूका लागि सहज फाइनान्स सुविधा उपलब्ध हुनेछ भने एक्सचेन्ज अफर समेत प्रदान गरिने बताइएको छ।
जिरो एमिसन राइड एनले नेपालमा ६ वर्षभन्दा बढी समयदेखि इलेक्ट्रिक स्कूटरको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको जनाएको छ। नेपालको सबैभन्दा ठूलो सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सहित २००० भन्दा बढी ग्राहकहरूलाई सेवा दिइसकेको यस कम्पनीले अब अझ व्यापक रूपमा ग्राहकलाई उत्कृष्ट सेवा दिने योजना बनाएको कम्पनीले बताएको छ।





