सेयर बजारमा परिसुचक दोहोरो अंकले बढ्यो
काठमाडौँ । साताको पहिलो दिन नेपाली सेयर बजारमा रौनक देखिएको छ । आइतबार कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा उच्च अंकले बढ्न पुगेको हो । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार आज सेयरबजार मापक नेप्से परिसुचक ६९।८० अंकले बढ्दै २७ सय २७ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार रकम पनि पछिल्लो ५ महिनाकै उच्च हुन पुगेको छ । यसअघि गत भदौ २ गते १२ अर्ब ६ करोड रुपैयाँ बराबर कारोबार भएकोमा आज पुनः कारोबार बढ्दै १२ अर्ब ९५ करोड ५७ लाख नाघेको हो ।
खासगरी पुष मसान्तको तनावबाट बाहिर आएसँगै लगानीकर्ताहरुले सेयर बजारतर्फ लगानी बढाएका छन् । यस्तै पछिल्लो समय बैंकमा फालाफाल लगानीको हल्ला र व्याजदर लगातार घटिरहेको प्रभाव सेयर बजारमा देखिन थालेको एक लगानीकर्ताले बिजखबरलाई बताए । ‘बैंकमा लगानीयोग्य रकम फालाफाल छ, ब्याजदर पनि न्युन विन्दुमा पुगेको छ,’ उनले भने, ‘यसको प्रत्यक्ष प्रभाव सेयरबजारमा देखिनुपर्ने थियो देखियो ।’ उनले अब सेयर बजारले उकालो यात्रा तय गरेकोसमेत बताए ।
आज कारोबार अवधिभर कुल ३ सय ३० कम्पनीका २ करोड ४८ लाख ४८ हजार बढी कित्ता १ लाख ३० हजार बढीपटक किनबेच भएका छन् । आज कारोबारमा आएकामध्ये २ सय २ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ३७ कम्पनीको सेयरमुल्यमा गिरावट आएका छन् । आज उकालो लागेकामध्ये ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओरालो लागेकामध्ये एक सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा बढी ४१ अबै बढीको सेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

